शिवम् सिमेन्टद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९० थान अक्सिजन सिलिण्डर प्रदान « Eglish Khabarhub

शिवम् सिमेन्टद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९० थान अक्सिजन सिलिण्डर प्रदान



काठमाडौं । शिवम् सिमेन्टले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापकरुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उद्योग स्थल स्थित हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वाग्मती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन प्रदान गरेको हो ।

साथै शिवमले ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु समेत हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

‘प्राणवाय’ अक्सिजन सहितका सिलिण्डर, मेडिकल बेड, सीसीयू बेड, मोनिटर इक्विपमेन्ट समेतको यी स्वास्थ्य सामग्री कारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने छ भन्ने आशा एवं विश्वास कम्पनीले लिएको छ,’ कम्पनीको भनाइ छ ।

शिवम् सिमेन्ट्सले यसअघि पनि यस किसिमका महामारी, दैविप्रकोप, राहत सामग्रीहरु, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

Publish on: