राष्ट्रपतिको ठहर: ओली र देउवा दुबैको दावी पुगेन « Eglish Khabarhub

राष्ट्रपतिको ठहर: ओली र देउवा दुबैको दावी पुगेन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी ओली र शेरबहादुर देउवा  दुबै नेताको दावी नपुगेको ठहर गरेकि छन् ।

प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेर बहादुर देउवाले दावी पेश गरेका थिए ।

‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन,’ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

 

Publish on: