काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने भएको छ । सरकारले जेठ १४ गते विहान १ बजेदेखि २० गते राति १२ बजेसम्म लागू हुने गरी नयाँ नियम बनाएको छ ।
जसअनुसार बैंकका सवारी साधन बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउनेछन् । साथै सार्वजनिक सवारी संस्थान, सरकारी कार्यालय, इन्टरनेट सेवा प्रदायक र एनसेलका लागि पनि सोही नियम लागू हुनेछ ।
त्यसैगरी बीमा, सार्वजनिक संस्था सस्थान, अत्यावश्यक बाहेकका कार्यालय बन्द हुनेछन् ।
त्यसैगरी तरकारी, फलफुल, दुधडेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म खुला रहनेछन् भने खाद्यान्न, किराना पसल, डिपार्टमेन्टल स्टोरहरु बन्द हुनेछन् ।
SHARE YOUR THOUGHTS