एटिएमबाट पैसा चोरी रोक्न अपनाउनुस् यी ६ उपाय « Eglish Khabarhub

एटिएमबाट पैसा चोरी रोक्न अपनाउनुस् यी ६ उपाय


७ मंसिर २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

atm
काठमाडौं । पछिल्लो समय बैंकहरुका एटिएम मेसिनमा डिभाइस जोडेर डाटा तथा पिन कोड चोरेर ग्राहकको खातामा भएको पैसा चोर्ने समूह सक्रिय छ ।

केही समय अघिदेखि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) यस्ता चोरहरु समात्न थालेपछि लाखौंको संख्यामा रहेका एटिएम प्रयोगकर्ताहरु चिन्तित भएका छन् । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले ४६ लाख एटिएम कार्डहरु जारी गरेका छन् ।

कमजोर प्रविधि प्रयोग गरेका कारण नेपालका एटिएमबाट पैसा चोर्न सजिलो भएको र त्यस्ता अपराधीलाई कारवाही गर्ने कानून पनि कमजोर भएकाले नेपाल एटिएम ह्याकरहरुको निसानामा परेको सिआइबी प्रमुख नवराज सिलवाल बताउँछन् ।

तर, अहिलेकै अवस्थामा पनि ग्राहकहरुले सचेत भएर एटिएम प्रयोग गर्ने हो भने यस्ता ठगहरबाट जोगिन सकिने सिलवालको भनाई छ ।

‘एटिएम प्रयोगकर्ताहरु सचेत हुने हो भने एटिएमबाट हुने चोरी धेरै हदसम्म नियन्त्रणमा आउँछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘त्यसका लागि प्रयोककर्ताले केही विधिहरु अपनाउनु पर्छ ।’

सिआइबिका प्रमुख सिलवाललाई मात्रै होइन, क्लिकमाण्डूले राष्ट बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित र नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई पनि कसरी एटिएमबाट सुरक्षित कारोबार गर्ने भनेर सोधेको थियो । उनीहरुले दिएका टिप्स यसप्रकार छन्, जसले तपाईलाई एटिएमबाट कारोबार गर्दा सुरक्षित बनाउँछन् ।

–तपाईँसग एटिएम कार्ड छ भने तत्कालै त्यसको पिन नम्बर परिवर्तन गरिहाल्नोस् । किनभने एटिएम ह्याकरहरुले १०÷१२ हजार बढी नेपाली एटिएम कार्डहरुको डाटा चोरिसकेको सिआइबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जसकारण तपाईको खल्तीमा एटिएम हुँदा हुँदै पनि ह्याकरहरुले तपाईको एटिएमको चोरिएको डाटा प्रयोग गरेर तपाईको खातामा भएको रकम छिक्न सक्नेछन् ।

–एटिएम बुधमा एटिएम कार्ड छिराउनु अघि वरिपरि कतै डिभाईस वा सिसि क्यामेरा जोडेको छ कि छैन भनेर राम्रो सँग हेर्नुहोस् । त्यस्तो शंकास्पद वस्तु फेला नपरे मात्रै बुधभित्र कार्ड घुसाउनुहोस् । शंका लागे तुरुन्तै बैंकमा वा प्रहरीमा खबर गर्नुहोस् ।

–बुथमा एटिएम कार्ड घुसारेपछि एटिएम बुधको माथिल्लो भागलाई हातले पुरै छेक्नुहोस् । यसो गर्दा माथिल्लो भागमा डिभाईस वा सिसि क्यामेरा जडान गरिएको रहेछ भने पनि त्यसले तपाईको एटिएमको सूचना चोर्न सक्दैन । एटिएम प्रयोग गरिसकेपछि फेरि एटिएमको पिन नम्बर परिवर्तन गर्नुहोस् ।

–तत्कालै बैंकमा गएर एसएमएस अलर्टको सेवा लिइहाल्नोस् । किनभने यो सेवा लिएपछि तपाईको एटिएमको डाटा चोरेर कसैले तपाईको खाताबाट पैसा निकाल्यो भने पनि तत्कालै तपाईको मोवाइलमा बैंकिङ कारोबार भएस म्यासेज आउँछ । यस्तो अवस्थामा तपाईले तत्कालै बैंक र प्रहरीलाई खबर गर्न सक्नुहुने छ ।

–एटिएमबाट पैसा चोरी हुन्छ भनेर बैंकमा राखेको पैसा झिकेर घरमा राख्न काम नगर्नुहोस् । त्यो झन खतरापूर्ण हुनसक्छ । बरु बैंकलाई त्यस्तो जोखिमको बीमा गर्न दबाब दिनुहोस् । यसो गर्दा तपाईको एटिएमको डाटा चोरेर अरु कसैले पैसा निकालेको पुष्टि भयो भने बैंकले तपाईको पैसा दिन्छ ।

–एटिएमबाट कारोबार गर्दा असुरक्षित महसुस भयो भने डेभिट र क्रेडिट कार्ड अर्थात् प्लास्टिक मनिको प्रयोग गर्नुहोस् । डेभिट र क्रेडिट कार्डमार्फत कारोबार गर्नुभयो भने कसैले एटिएमबाट पैसा चोर्ला कि भन्ने चिन्ता लिइरहनु परेन । तपाई पूर्णरुपमा सुरक्षित हुन सक्नुहुने छ ।

प्रकाशित मिति : ७ मंसिर २०७३, मंगलबार ००:००  ८ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping