काठमाडौं । अब बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने भएका छन् । बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
अहिले कार्यान्वयनमा रहेको बीमा ऐनमा संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था छ । समितिले त्यसैलाई कार्यान्वयनमा ल्याउन लागेको हो ।
संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले मुख्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा समितिबाट मान्यताप्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संचालन गरेको आफूले गर्न चाहेको किसिमको बीमा अभिकर्ताको तालिममा सहभागी प्रमाणपत्र लिएको हुनुपर्ने भनिएको छ ।
यस्तै, अभिकर्ताको संचालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसइइ वा सो सरहको परीक्षा उतिर्न गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।
SHARE YOUR THOUGHTS