२१ जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता जोखिममा, कुन कुन हुन् ती ? « Eglish Khabarhub

२१ जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता जोखिममा, कुन कुन हुन् ती ?


१ असार २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो समयमा सेयर बजारमा अस्वाभाविक रुपमा केही कम्पनीको सेयर मूल्य बढाइयो । बजारमा राम्रै चलखेल भएको पाइयो ।

सोही कारण नियामक निकाय नेपाल धितोपत्र बोर्डले आवश्यक छानबिन गरी ५१ कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढाइएको उल्लेख गरेको छ । ती कम्पनीको बारेमा बोर्डले छानबिन समेत थालेको छ ।

कूल ५१ कम्पनी मध्ये जलविद्युत् उपसमूहका २१ कम्पनीको सेयर मूल्यमा असाध्यै धेरै चलाखी भएको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका जलविद्युत् उपसमूहका कूल ४० कम्पनी सूचीकृत छन् । त्यसमध्ये ५० प्रतिशत कम्पनीको सेयर मूल्यमा धेरै चलखेल भएको पाइएको छ ।

ती कम्पनीको सेयरमा चलखेल भएपछि बोर्डले छानबिन गर्नका लागि छनौट गरेको छ । बोर्डका अनुसार दोस्रो बजारमा ठूलो परिमाणमा शेयर भएको माथिल्लो तामाकोशी, रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयर मूल्यमा चलेख भएको पाइएको छ ।

बोर्डका अनुसार आँखु खोला जलविद्युत् कम्पन,ि अरुण भ्याली हाइड्रोपावर बरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, लिवर्टी इनर्जी, माउण्टेन इनर्जी, माउण्टेन हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, रैराङ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, रिडी हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, सिनर्जी पावर, यूनियन हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी, माथिल्लो तामाकोशी छन् ।

बोर्डको विवरण अनुसार २०७७ वैशाख ३० गते नेप्से परिसूचक १२२१.३१ मा रहँदा आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ थियो । सो कम्पनीको सेयर मूल्य २०७८ जेठ ३१ गते ३३५ पुग्यो । सो कम्पनकिो इपीएस माइनस १३.८९, पीई रेसियो माइनस २४.१२ र नेटवर्थ ६४.०५ रहेको छ ।

यस्तै, अरुण भ्याली हाइड्रोपावरको २०७३ साउनमा ४२७ रुपैयाँ थियो । सो कम्पनीको २०७७ वैशाख ३० मा ९२ रुपैयाँमा झर्यो । सो कम्पनीको सेयर मूल्य २०७८ जेठ ३१ मा ५४७ रुपैयाँ पुगेको छ । बोर्डको विवरणमा उक्त कम्पनीको इपीएस ९.०७,पीई रेसियो ६०.१३ र नेटवर्थ १०९.३२ रहेको छ ।

यस्तै, बरुण हाइड्रोको सेयर मूल्य २०७७ वैशाखमा ८५ रुपैयाँ थियो , सो कम्पनीको सेयर मूूल्य २०७८ जेठ ३१ गते ६४५ मा पुगेको छ । सो कम्पनीको इपीएस ४.०२, पीई रेसियो १६०.४५ र नेटवर्थ मात्रै १०३.०१ रहेको छ । छ्याङदीको अवस्था पनि त्यस्तै छ । २०७७ वैशाखमा प्रतिकित्ता ८३ रुपैयाँ रहेको सेयर गत जेठ ३१ गते ५४८ मा पुगेको थियो । कम्पनीको इपीएस ४.७८, पीई रेसियो ११४.६४ र नेटवर्थ १०३.७५ रहेको छ ।

दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य २०७७ वैशाख ३० गते ५१ रुपेयाँ थियो । सो कम्पनीको गत जेठ मसान्तमा ३२७ मा पुग्यो । कम्पनीको इपीएस माइनस ६.८५, पीई रेसियो माइनस ४७.७४ र नेटवर्थ २६.८६ मा रहेको छ ।

बोर्डका अनुुसार २०७७ वैशाखमा ९४ रुपैयाँ रहेको हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य बढेर गत जेठ मसान्तमा ४११ पुगेको छ । उक्त कम्पनीको इपीएस ०.०९, पीई रेसियो ४५६६.६७ र नेटवर्थ ९९.२४ रहेको छ ।

खानीखोला हाइड्रोपावरको मूल्य २०७७ वैशाखमा ५४ रहको थियो । सो कम्पनीको सेयर गत जेठ मसान्तमा २७५ पुगेको छ । उक्त कम्पनीको इपीएस माइनस २१.२७, पीई रेसियो माइनस १२.९३ र नेटवर्थ समेत माइनस २९.४१ रहेको छ ।

यस्तै, लिवर्टीको ४५६ र माउण्टेन इनर्जीको ९५९ पुगेको छ । उक्त कम्पनीको इपीएस माइनस २.२८ छ भने पीई रेसियो माइनस २०० र नेटवर्थ ९०.२३ छ । माउण्टेन हाइड्रोको २०७७ वैशाखमा ८८ रुपैयाँ रहेको सेयर मूल्य गत जेठ मसान्तमा ३९८ पुगेको विवरणमा उल्लेख छ । सो कम्पनीको इपीएस १.३२, पीई रेसियो ३०१.५२ र नेटवर्थ ८८.५९ छ ।

माउण्टेन इनर्जीको गत जेठ मसान्तमा सेयर मूल्य ९५९ मा पुगेको छ । उक्त कम्पनीको इपीएस २.८३, पीई रेसियो ३३८.८७ र नेटवर्थ १३०.८८ रहेको छ ।

उता पञ्चकन्या माईको २०७७ वैशाखमा ७६ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य थियो । गत जेठ मसान्तमा आइपुग्दा सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ पुगेको छ । उक्त कम्पनीको इपीएस माइनस १ं४८, पीई रेसियो माइनस २४०.५४ र नेटवर्थ ८०.७८ रहेको छ ।

उता १७५ प्रतिकित्तामा पाइने राधी विद्युत् कम्पनीको सेयर गत जेठ मसान्तमा आइपुग्दा बढेर १ हजार ८६ मा पुगेको छ । सो कम्पनीको इपीएस १७.६३, पीई रेसियो ६१.६० र नेटवर्थ मात्रै १५१.८५ रहेको छ ।

रैराङ हाइड्रो पावरको सेयर मूल्य २०७७ वैशाखमा ९० रुपैयाँ थियो । तर, सो कम्पनीको सेयर मूल्य गत जेठ मसान्तमा ४६४ मा पुगेको छ । कम्पनीको इपीएस १३.०३, पीई रेसियो ३५.६१ र नेटवर्थ २०० रहेको छ ।

उता रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य २०७७ वैशाखमा १५३ रुपैयाँ थियो । सो कम्पनीको सेयर मूल्य बढेर गत जेठ मसान्तमा आइपुग्दा ५७९ पुगेको छ । सो कम्पनीको इपीएस माइनस ०.५३, पीई रेसियो माइनस १०९२.४५ र नेटवर्थ ९६.२३ मात्रै देखिन्छ ।

रिडी हाइड्रोपावरको मूल्य २०७३ मा ३९९ थियो । सो कम्पनीको सेयर मूल्य घटेर २०७७ मा ७७ मा झरयो । तर , सोही कम्पनीको सेयर मूल्य गत जेठ मसान्तमा आयपुग्दा बढेर ६५७ पुगेको छ । कम्पनीको इपीएस ४.८८, पीई रेसियो १३४.६३ र नेटवर्थ १०३.८४ मात्रै रहेको देखिन्छ ।

साञ्जेन जलविद्युत् कम्पनीको २०७७ वैशाखमा १३७ रुपैयाँ रहेको थियो । सो कम्पनीको सेयर मूल्य गत जेठ मसान्तमा आइपुग्दा ५१६ पुगेको छ । सो कम्पनीको इपीएस माइनस ०.८६, पीई रेसियो ६०० र नेटवर्थ ९५ रहेको छ ।

सिनर्जी पावरको ९१ रुपैयाँ, यूनियन हाइड्रोपावरको ५२, युनिभर्सल पावरको ७३ रुपेयाँ प्रतिकित्तामा पाइने सेयर अहिले क्रमशः बढेर ४७९, ३६८ र ३६१ पुगेको छ । ती कम्पनीको इपीएस क्रमशः ११.३९, २.३९ र १.१७ छ । यस्तै, पीइए रेसियो क्रमशः ४२.०५, १५३.९७ र ३०८.५५ देखिन्छ । ती कम्पनीको नेटवर्थ क्रमशः १०८.६६, ९०.१ र १०५.६८ रहेको छ ।

माथिल्लो तामाकोशीको सेयर २०७७ वैशाखमा २२१ मा पाइन्थ्यो । गत जेठ मसान्तमा ७८४ पुगेको छ । जबकी सो कम्पनीको कुनै प्रतिफल छैन । सो कम्पनीको इपीएस माइनस ०.४४, पीई रेसियो माइनस १७८१.८२ र नेटवर्थ मात्रै ९२.२ रहेको छ ।

नेशनल हाइड्रोपावरको गत वर्षको वैशाख ३० गते सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३२९ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस २.१५, पीइ रेसियो १५३.०२ र नेटवर्थ ७५.९७ रुपैयाँ छ ।

त्यसैगरी पाँचथर पावर कम्पनीको सेयर मूल्य गत वर्षको वैशाख ३० गते प्रतिकित्ता १०७ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते बढेर प्रतिकित्ता ४२९ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस ९.४८, पीइ रेसियो ४५.२५ र नेगवर्थ ८८.५१ रुपैयाँ छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार ००:००  ४ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping