बाग्मती प्रदेशमा २०६५ देखि कर नतिरेका सवारी धनीले कर तिरे जरिवना नलाग्ने « Eglish Khabarhub

बाग्मती प्रदेशमा २०६५ देखि कर नतिरेका सवारी धनीले कर तिरे जरिवना नलाग्ने



काठमाडौं । बाग्मती प्रदेशले लामो समयदेखि कर नतिरेका सवारी धनीलाई करको दायरामा ल्याउन खोजेको छ ।

२०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने प्रदेशले आर्थिक वर्ष २०७८/७९ बजेटमार्फत् घोषणा गरेको छ ।

प्रदेश बजेटको १७६ बुँदामा ‘बागमती प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारीसाधनको आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारी धनीले २०७८ साल फागुन मसान्तसम्म सवारीसाधन कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिकको जरिवाना छुट हुने व्यवस्था गरेको छु ।’

Publish on: