काठमाडौं । गैर आवसिय नेपाली संघले स्थानीय चुनावमा आफ्नो मतदान गर्न पाउने अधिकार नभएको भन्दै ‘नोट चल्ने भोट नचल्ने?”अभियान सुरु गर्न लागेको छ । संघले देश दशक लामो द्वन्द र राजनीतिक अस्थिरतामा भएको बेला आफूहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र तहस नहस हुनबाट जोगाएको छ र अझै पनि त्यो क्रम जारी नै रहेको भन्दै अभियान सुरु गर्न लागेको जनाएको छ ।
संघको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्र भित्र शिपमुलक शिक्षाको अभाव रहेकोले बिदेशी भुमिमा आएर शिप र शिक्षा लिएर राष्ट्र निर्माणमा सहभागी हुन फर्किने योजनामा हामी मध्ये कैयौ छौ, तर राज्य र सरकारले हाम्रो अधिकारको बारे कती सोचेको छ? शायद छैन।’
घर परिवार समाज र राष्ट्रले हामीले पठाउने नोट भने खुशी खुशी स्विकार्ने तर हाम्रो भोट गर्ने अधिकारको भने चर्चा समेत गरेको नगरेको गुनासो संघले गरेको छ । लामो समय देखी सामाजिक सन्जालमा बहस भैरहेको सो मुद्दालाई औपचारिक रुपमा अझै गम्भिर रुपले बहस गर्ने उदेश्यले संघले ‘नोट चल्ने भोट नचल्ने?”अभियान सुरु गर्न लागेको जानकारी दिएको छ।
अभियानको क्रममा सामाजिक सन्जालमा बहस, राष्ट्रिय संचार माध्यमामा छलफल र बिदेशमा रहेको नेपालीहरु बिच चर्चा गरेर भविस्यमा हुने निर्वाचनमा नेपालीहरुले बिदेश बाटै मतदान कसरी गर्न सकिन्छ भन्ने सम्भावनामा पनि छलफल र अध्ययन गर्ने कार्यक्रम रहेको उल्लेख छ।
SHARE YOUR THOUGHTS