सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले घोषणा गरे आन्दोलनका कार्यक्रम « Eglish Khabarhub

सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीले घोषणा गरे आन्दोलनका कार्यक्रम



काठमाडौं बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषविरुद्ध पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्

नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतबारदेखि दिनसम्मको विरोधका कार्यक्रम घोषणा गरेको हो

जसअनुसार असार २७ गतेदेखि ३० गतेसम्म विहान १० बजेदेखि १०:१५ बजेसम्म संघको ब्यानरमा कोषमा आबद्ध हुन किन असहमति भन्नेनाराका साथ हातमा कालोपट्टी बाँधेर बैंकको प्रांगणमा विरोध कार्यक्रम आयोजना गर्न आग्रह गरेको

हाल नेपाल सरकारको सालतमाम तथा बैंक तथा वित्तीय संस्थाहरुको बार्षिक हिसाव मिलानको समय भएकोले हाल सांकेतिक विरोध मात्रैगरिएको संघको भनाइ

कर्मचारीहरुले यसअघि कोषको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा समेट दर्ता गरिसकेका छन्

सरकारले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरी योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने प्रमुख उद्देश्य राखी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ ल्याएको थियो।

२०७५ मंसिर ११ गते औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागिनयाँ युगको शुरुवातभन्दै योगदानका आधारितसामाजिक सुरक्षा योजना आउँदा यो योजनाको संघले स्वागत गरेपनि अहिले ऐनमा भएका व्यवस्था विभेदकारी भएकाले आन्दोलन गर्नुपरेको ,’ संघले भनेको

विडम्वना विगत दशकदेखि श्रम ऐेन तथा ट्रेड यूनियन ऐनद्वारा प्रदत्त अधिकार बमोजिम सामूहिक सौदाबाजीका माध्यमबाट राम्रोसेवासुविधा तथा आकर्षक सामाजिक सुरक्षा पाईरहेका बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिकसुरक्षा योजना ऐनको भावना विपरीत सामाजिक सुरक्षा नपाएका बहुसंख्यक श्रमिकलाई व्यवहारिकरुपमा सामाजिक सुरक्षाको हकसुनिश्चित गर्ने तर्फ नलागी पहिले नै राम्रो व्यवस्थित सामाजिक सुरक्षाबाट लाभान्वित भइरहेका बैंक, बीमा तथा वित्तीय संस्था त्यहाँकाकर्मचारीहरुलाई उनीहरुले पाईरहेको सामाजिक सुरक्षा तथा सेवा सुविधा घट्ने गरी बलजफ्ती योगदानमा आधारित सामाजिक सुरक्षायोजनामा सहभागी गराउन खोज्नु खेदपूर्ण आपत्तिजनक ,’ संघले भनेको

 

Publish on: