२९ मंसिर २०८२, आइतबार

नेपालमै मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात



काठमाडौं । नेपालमै मोटर स्पोर्ट्स एकेडेमी शुरुवात भएको छ । नेपालमा मोटर तथा मोटर साइक्लिङ स्पोर्ट्सको क्षेत्रमा बिगत एक दशक भन्दा बढी समय देखि क्रियाशील, नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)द्वारा धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात गरेको हो ।

नासाद्वारा शुरु गरिएको यस एकेडेमीका लागि अल्टिमेट हिमालयन मोटर ल्याण्डका (यूएचएमएल) इभेन्ट पार्टनर को रुपमा रहेको छ । भने, धुलिखेल नगरपालिकाको सहयोग रहनेछ ।

हिजो असार २६ गते को दिन मोटरल्याण्डमा आयोजित, नासा नेपालका अध्यक्ष दशरथ रिसालले अध्यक्षता गरेका एक कार्यक्रमका बीच धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सो एकेडेमीको उद्घाटन गरे ।

कार्यक्रम संयोजक समेत रहेका नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले यो कार्यक्रम सफलता का साथै नेपालमा मोटर स्पोर्ट्सको नया आयाम थपिनेमा विश्वास व्यक्त गर्दै नासा नेपालले मोटर स्पोर्ट्सको क्षेत्रमा बिगत १० वर्ष देखि गरिरहेको संघर्षमा यो एउटा ठुलो उपलब्धि अनि फड्को हुने बताए । त्यस्तै, सो एकेडेमीले ड्राइभर/ राइडर तयार, खेल लाइसेन्स वितरण , गर्ल अन द ट्रयाक लगायतको अभियानहरुलाई वार्षिक कार्यक्रम बनाई अघि बढ्ने उपाध्यक्ष बरालले जानकारी गराए ।

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटर ल्याण्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोरोनाले सिथिल पारेको यस मोटर ल्याण्ड छिट्टै नै विभिन्न प्रदेश तथा राष्ट्रियस्तर का खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

कार्यक्रममा नासाका सचिव निरज खड्काले नगरपालिकाबाट हालसम्म प्राप्त साथ र सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा समेत हातेमालो गर्दै धुलिखेललाई खेल पर्यटनको हब बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, कार्यक्रमा अतिथिको रुपमा उपस्थित नासा नेपालका संस्थापक महासचिव गोविन्द भट्टराईले खेल तथा खेलाडी र भोलिन्टियरबीचको सम्बन्ध, खेल तथा खेलाडी ब्राण्डिङ्गको महत्व बारे प्रकाश पर्दै राखेप को तर्फबाट यस किसिमका शाहसिक तथा पर्यटकीय खेललाई सदैव साथ , सहयोग र समर्थन रहने जनाए ।

काठमाडौं इन्जिनियरिङ कलेज, धुलिखेल सन्जिवनी कलेज, काठमाडौं विश्वविद्यालय लगायत अन्य कलेजहरुबाट कुल २०० जना लाई तालिम दिने लक्ष लिएको त्यस कार्यक्रममा कलेजका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोश्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रे लगायतकाबाट कार्यक्रमा सहभागी कुल ४० जना लाई मार्शल तालिम समेत दिईयो जसमा ई. शुशिल तण्डुकार तथा उनको टिमले मार्शलिङ्गका लागि चाहिने आधारभूत ज्ञान बारे प्रस्तुति गरे । धुलिखेल हस्पिटलको तर्फबाट कार्यक्रममा उपस्थित डा. श्रेया श्रेष्ठ तथा उनको टिमले आपतकालीन उद्वार गर्ने बारे जानकारी गराए ।

थ्योरी सत्र पछि सम्पूर्ण सभागीहरुलाई ट्रयाकमा लगी प्रयाक्टिकल तालिम गराइएको थियो । साथै, उपस्थित अतिथिहरुको हातबाट सहभागीहरुलाई मेडिकल तथा ट्रयाक मार्शलको सर्टिफिकेट समेत प्रदान गरियो ।