
काठमाडौं । कारोवारको शुरुवाती समयमा झण्डै ३ हजार ३० बिन्दुमा पुगेको सेयर कारोवार मापक नेप्से परिसूचक बजार बन्द हुँदा थामिएर दोहोरो अंकमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १३.९७ बिन्दुले मात्रै उकालो लागेर २ हजार ९९४.५८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले ओरालो लागेर ५६०.९४ मा ओर्लेको छ । कूल २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ ह्जार ६०७ मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका १३ उपसमूह मध्ये सोमबार ५ उपसमूहको सेयर मूल्य घटेका छन् भने ८ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । व्यापार उपसमूहको सेयरमा ठूलो अंकको परिवर्तन आएको छ । सो उपसमूह १९६.०२ ले उकालो लागेको छ ।
बैंकिङ १०.८४, निर्जीवन बीमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बीमा ५३.१५, सामूहकि लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले सुधार भएको छ । होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, फाइनान्स २९.७९ र लघुवित्त ४.४२ अंकले घटेको छ ।
कारोवारका आधारमा एनआइसि एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बै)कको ३५ करोड ४१ लाख ६६ हजार ४द्ध बराबरको का।रोवार भयो । यस्ते, नबिवल बैंक ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बंगलादेश बै.क ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावरको २८ करोड ९९ लाख ९२ हजार ६६० बराबरको कारोवार भयो ।
सिनर्जी पावरको सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४०, हिमालउन ऊर्जा विकास कम्पनीको सेयर ५.९८ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिवेञ्चर २०८२ का लगानीकर्ताले ५.८७ प्रतिशतले गुुमाए । उता सनराइज बैंकको डिवेञ्चर २०८३ का लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाउ भने गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलको सेयर मूल्यमा ३.०२ प्रतिशतले घटेको छ ।
SHARE YOUR THOUGHTS