सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीलाई सर्वोत्तमको ‘गोल्डेन सेयर’ « Eglish Khabarhub

सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीलाई सर्वोत्तमको ‘गोल्डेन सेयर’


१२ श्रावण २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट पहिला पटक सर्वोत्तम सिमेन्टले ल्याउन लागेको आइपीओ विवादमा परेको छ ।

हिमालखबर अनलाइनमा पत्रकार रमेश कुमारले गरेको लेखेको समाचार अनुसार सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा परेको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको थियो । जसमा सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७५० रुपैयाँ मूल्य हुने तोकेका थियो ।

अमेरिका बस्ने ढुंगानाकी छोरी रेबिका ढुंगानाले १० हजार कित्ता सेयर किनेको भेटिएको छ । हिमालखबरले गरेको खुलासा अनुसार रेबिकाले सर्वोत्तमले बुक बिल्डिङ प्रणाली प्रक्रिया सुरु भएपछि सर्वोत्तमको १० हजार कित्ता सेयर खरिद गरेकी छन् । रेबिकाले सेयर किनेपछि सर्बोत्तमले बोनस सेयर दिएको थियो । अहिले रेबिकासँग ११ हजार ९१२ कित्ता सेयर छ ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीको नाममा बुक बिल्डिङ प्रणाली मार्फत जारी हुन लागेको कम्पनीको सेयर किन्नु कानूनी र नैतिक हिसाबले अनैतिक देखिएको छ । यसले सर्वोत्तम सिमेन्टले मूल्यमा प्रभावित गराउनको लागि सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्षको छोरीलाई गोल्डन सेयर दिएर प्रभावित बनाउन खोजेको देखिन्छ ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने आफ्नो छोरीले कानून अनुसार सेयर किनेको हुँदा यसलाई समाचार बनाउनुपर्ने इस्यु नभएको बताए ।

‘सर्वोत्तम सिमेन्टका लगानीकर्ता म धितोपत्र बोर्डमा आउनु अगाडि अमेरिका गएको बेला सेयर किन्ने सहमति भएको हो, यसमा विवाद बनाउनुपर्ने जरुरी छैन,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ।

उनले विवाह गरेको र अहिले अमेरिकामा बस्ने छोरीले आफ्नो व्यवसायिक निर्णय आफूले लिन सक्ने हुँदा मेरो भूमिकासँग सर्वोत्तम सिमेन्टको सेयर खरिदका विषय जोड्न नहुँने बताए ।

‘सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्राउनको लागि बुक बिल्डिङ प्रणाली ल्याइएको हो, जसले उत्पादन मुलक क्षेत्रका कम्पनी सेयर बजारमा आकर्षित हुने छन्, यसको मूल्यमा समेत धितोपत्र बोर्डको भूमिका हुँदैन,’ ढुंगानाले भने ।

ढुंगानाको छोरीलाई व्यवसाय गर्ने अधिकार भएपनि उनी सेयर बजारको नियामक निकायको प्रमुख हुन् । बुक बिल्डिङ प्रणालीमा बजारलाई मूल्य तय गर्ने अधिकार भएपनि कम्पनीले दिनसक्ने फाइदा अध्यक्षलाई हुन्छ । त्यस आधारमा नियामक निकायमा बस्ने व्यक्ति र परिवारका सदस्यले सेयर कारोबार गर्न पाइदैन ।

‘सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट आइपीओ जारी गर्ने प्रक्रिया सुरु गरेपछि नियामक निकायको अध्यक्षको छोरीले सेयर किनेपछि ढुंगानाले अध्यक्षको रुपमा काम गर्न मिल्दैन,’धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरीले सेयर किनेको हुँदा सर्वोत्तम सिमेन्टको आइपीओ प्रक्रियामा पनि छानबिन गर्नुपर्ने देखिएको छ । सर्वोत्तम सिमेन्टका अध्यक्ष उद्योगी बिष्णु न्यौपाने हुन् ।

व्यवसायिक स्वार्थ गासिएको विषयमा स्पष्ट रुपमा नियामक निकायको अध्यक्ष संलग्न हुँदा यसले सेयर बजारमा राम्रो सन्देश गएको छैन ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले सेयर बजारमा जोखिममा रहेको भन्दै ५१ वटाको कम्पनीको सुचि सार्वजनिक गरेका थिए । जुन निकै आलोचित बनेको थियो ।

ढुंगानालाई २०७६ साल पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई ४ वर्षको लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ३० वर्ष राष्ट्र बैंकमा बिताएका ढुंगाना धितोपत्र बोर्डको अध्यक्ष बन्ने बेला राष्ट्रपति विद्यादेवी भण्डारीको जोडमा बनेको चर्चा थियो ।

उनलाई तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले बोर्ड अध्यक्ष बनाउन नचाहेपनि राष्ट्रपति चाहानामा ढुंगाना बोर्ड अध्यक्ष बनेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार ००:००  ६ : ४९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping