
काठमाडौं । हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
हंगेरीका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
नेपाल स्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्ती भनिएको छ, ‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगीसिद्ध हुने अपेक्षा राखेका छौं ।’
SHARE YOUR THOUGHTS