स्कोडा कुशाकको बिक्री शुरु, कति पर्छ मूल्य ? « Eglish Khabarhub

स्कोडा कुशाकको बिक्री शुरु, कति पर्छ मूल्य ?


१४ श्रावण २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुशाकको बिक्री शुरु गरेको छ । शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा शोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा बलियो उपस्थिति जनाइसकेको छ ।
‘स्कोडा कुशाक हाम्रा लागि निकै महत्वपूर्ण छ, कुशाकमार्फत् हामी यो गतिशितल अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका छौं, यो एसयुभीको निर्माण ग्राहकले सबैभन्दा बढी के खोजिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर गरिएको हो ।

त्यसैले हामी भन्न सक्छौं कि यो नेपाल बजारलाई मिल्ने एसयुभी हो,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ‘कुशाक स्टाइलिस मात्र होइन रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर–प्रुफ छ । यसमा विश्वमै परिचित टीएसआई प्रविधि राखिएको छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो ।’

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा ५ वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।

आकर्षक एक्सटेरियर

नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । र, यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।

बिलासी इन्टेरियर

स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि-स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु-स्पोट मल्टिफंक्सन स्टेरिङ छ ।

यसको बुट क्षमता ३८५ लिटर हो जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम-प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्रि प्रयोग गरिएको छ ।

त्यसैगरी, स्टाइल भेरियन्टमा ग्रे डिजाइनले पर्फोरेट गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ ।

पावरफुल टीएसआई इन्जिन

नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ जसले इन्टरनेशनल इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको छ । डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ ।

३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत् ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।

कम्फर्ट, कन्भिनेन्ट र कनेक्टिभिटी

नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित उपलब्ध छ । यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ । एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिममा १७.७८ सेन्टिमिटरको टचस्क्रिन रहेको छ ।

यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ । कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्नेछ ।

यसमा अगाडि डाटा कनेक्ट र चार्जिङको लागि सेन्टर कन्सोलमा दुई वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुई वटा युएसबी सी पोर्ट हुनेछ । स्टाइल ट्रिममा वायरलेस चार्जर समेत रहेको छ । कुशाकमा एअर केयर फंक्सनसहितको टच कन्ट्रोल्ड क्लाइमेट्रोनिक पनि रहेको छ ।

बेजोड सुरक्षा व्यवस्था

कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् ।

साथै, हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एअर ब्याग र सबै ५ सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ । बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ ।
यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ । साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर यसमा छन् ।

नेपाली बजारमा कुशकको मूल्य निम्तअनुसार तोकिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार ००:००  ५ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping