आइतबारबाट उपत्यकाका मालपोत कार्यालयमा आलोपालो हट्ने « Eglish Khabarhub

आइतबारबाट उपत्यकाका मालपोत कार्यालयमा आलोपालो हट्ने


१४ श्रावण २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आइतबारबाट उपत्यका र काभ्रे जिल्लाका मालपोत कार्यालयहरूमा आलोपालो प्रणाली हट्ने भएको छ । भू–व्यवस्थापन तथा अभिलेख विभागले आज उपत्यका र काभ्रे जिल्लाका मालपोत कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा आलोपालो प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोना महामारीले गर्दा निकै भीड हुने भन्दै मालपोत कार्यालयले आलापालो प्रणालीमा सेवा प्रवाह गर्दै आएका थिए । तर, आइतबारबाट आलोपालोमा आउनुपर्ने बाध्यता हटेको छ ।

विभागका अनुसार हाल कायम रहेको आलोपालो प्रणालीबाट सेवाग्राहीलाई असुविधा भइरहेको गुनासो् आइरहेको तथा सबै कर्मचारीहरू उपस्थित भइरहेकोले आइतरबाट निरन्तर सबैलाई सेवा प्रवाह गर्ने विभागले जनाएको छ । जसमा विभागले आवश्यक मापदण्ड सुरक्षा सतर्कता अपनाई सेवा प्रवाह गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी विभागले रातो पूर्जा विक्री वितरणमा वागमति प्रदेश, आर्थिक ऐन २०७८ को अनुसूचीको ४ (ग) मा पूर्जाको रातो कभरबापतको शुल्क नलाग्ने भएकाले सोही व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा गर्ने निर्णय गरेको छ । साथै, कार्यालयमा मौज्दात रातो पूर्जा कभर निशुल्क वितरण गर्ने विभागको भनाइ छ ।

त्यसैगरी विभागले अनलाइन प्रणालीमा अपडेट नभएका जग्गाधनीहरूलाई अपडेट गर्ने तथा लीन वितरण गर्ने सम्बन्धमा सम्बध्नित कार्यालयहरूले स्थानीय तहहरूमा समन्वय गरी सार्वजनिक विदाका दिनहरूलाई समेत प्रयोग गरी काम अगाडि बढाउने निर्णय गरेको छ ।

साथै, सम्बन्धित कार्यालयको स्थानीय तहहरूसँग समन्वय गरी आफ्नो क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरूको अभिलेख अध्यावधिक गर्ने र सो को संरक्षण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार ००:००  ६ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping