काठमाडौं । व्यवसायी मोतिलाल दुगडले नेपालीहरुसँग लगानी गर्ने पैसा नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको पूर्वबजेट सम्बन्धी छलफल कार्यक्रममा दुगडले यस्तो बताएका हुन् ।
‘नेपालमा अब लगानी गर्ने पैसा छैन भन्ने कुरा प्रमाणित भएको छ । २ प्रतिशत व्याजदर बढेर १२ प्रतिशत पुग्दा पनि बैंकिङ सिस्टममा नआएको पैसा अब आउँदैन,’ दुगडले भने, ‘त्यसैले नेपालको सेयर बजारमा विदेशीलाई लगानी गर्न दिएर लगानी ल्याउनुपर्छ ।’
उनले खासगरी उर्जा क्षेत्रको लगानीका विषयमा सुझाब दिएका थिए । उर्जा विकासका लागि हाइड्रोपावरमा बैंकहरुले सिण्डिकेट गरेर एग्रिमेन्ट लोनको दरमा हेरफेर गर्न नहुने दुगडले बताए ।
‘नयाँ विद्युत खरिद सम्झौता (पीपी) गरेर आएका व्यवसायीलाई ९ प्रतिशत भन्दा बढी व्याजदर लिन हुँदैन भन्ने कुरा मौद्रिक नीतिमा उल्लेख हुनुपर्छ,’ उनले भने ।
सरकारले उर्जामा १५ प्रतिशत कर्जा प्रवाह गनु पर्ने बाध्यकारी व्यवस्था गरेको भए पनि राष्ट्र बैंकले त्यसलाई कृषि र उर्जा भनेर व्याख्या गर्नु गलत भएको दुगडको भनाई थियो । राष्ट्र बैंक र सरकारको त्यस्तो व्यवस्था भएपनि अहिले बैंकहरुले कूल कर्जा प्रवाहको २.५ प्रतिशत मात्रै उर्जा क्षेत्रमा लगानी गरेका छन् ।
SHARE YOUR THOUGHTS