कलैया। बाराको मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले यस वर्ष ५० प्रतिशत मात्र उखु क्रसिङ गरिएको जनाएको छ ।
उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार आव २०७३÷७४ मा ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १६ लाख ६४ हजार ५७२ क्विन्टल मात्र उखु क्रसिङ गरेको बताए। कुल एक लाख ५३ हजार ४६७ क्विन्टल चिनी उत्पादन भएको उनले बताए।
बारा र पर्साका कृषकले लगाएको उखु रौतहट र सर्लाहीका सुगर मिल्सले समेत खरिद गर्ने गरेका कारण्ढा उखुको अभाव भएको पाण्डेले बताए। गत आवमा २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १८ लाख १२ हजार तीन सय १३ क्विन्टल मात्र उखु क्रसिङ गरी कुल एक लाख ७५ हजार ६३९ क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले जनाएको छ ।
SHARE YOUR THOUGHTS