![](https://internal.appharu.com/wp-content/uploads/2021/08/232708135_4068504206530965_2195562848089757366_n-768x576.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति जारी गर्दै १ करोड रुपैयाँसम्मको उद्यम व्यवसाय कर्जामा आधार दरमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न पाइने व्यवस्था लागु गरेको छ ।
आधारदर गणनाको विद्यमान विधिलाई पुनरावलोकन गरिने र बैंक तथा वित्तीय संस्थाले कर्जाको आधारदर निर्धारण गर्दा आधारदरमा थप गर्ने प्रिमियम दर संस्था आफैले निर्धारण गर्न मोद्रिक नीतिमा उल्लेख छ ।
तर, उद्यम व्यवसाय संचालन गर्न १ करोडसम्मको ऋण उपयोग गर्ने ऋणीको हकमा आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न पाउनेछन् ।
SHARE YOUR THOUGHTS