![](https://internal.appharu.com/wp-content/uploads/2021/08/Chember-mahila-768x371.jpg)
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति उपाध्यक्ष उर्मिला श्रेष्ठ सभापतित्वमा गठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
नवगठित नेपाल महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया चयन भएका छन् । साथै सल्लाहकारमा अञ्जना ताम्राकार, शान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय, तथा सदस्यमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पनादेवी पिया श्रेष्ठ, अदिती गोयल छन् ।
उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने भएकाले नवगठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनुपर्ने बताए ।
SHARE YOUR THOUGHTS