छुटको व्यवस्थाले जग्गामा महिलाको स्वामित्व बढ्दै, गत वर्ष मात्रै करिब ५ अर्ब छुट « Eglish Khabarhub

छुटको व्यवस्थाले जग्गामा महिलाको स्वामित्व बढ्दै, गत वर्ष मात्रै करिब ५ अर्ब छुट


६ भाद्र २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गर्दा जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । देशभरका मालपोत कार्यालयबाट संकलन गरेको तथ्याङ्क अनुसार कर छुट व्यवस्थाले महिलाको स्वामित्व बढ्दै गएको हो ।

नेपालको पहिलो लिखित कानून वि.सं. १९१० को मुलुकी ऐनले सर्तसहित सम्पत्तिमा महिला अधिकार कायम गरेको थियो । प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकी ऐनको १२औँ संशोधन(२०५९)मा छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकार प्रदान गर्यो । सोहीअनुसार नेपालमा जग्गाको स्वामित्व बढ्दै गएको देखिन्छ ।

नेपालको संविधान र त्यसपछि बनेका कानूनले अंश र वंशमा महिलाको हक स्थापित गरेका छन् । राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा करिब १२ प्रतिशत परिवारका महिलाका नाममा घर वा जग्गाको स्वामित्व थियो ।

यो संख्या २०६८ को जनगणनामा १९.७१ प्रतिशत पुगेकोे थियो । जसअनुसार सहरी क्षेत्रका २६.७७ र ग्रामीण क्षेत्रमा १८.०२ प्रतिशत महिलाको नाममा घर, जग्गा वा दुबैको स्वामित्व थियो । तर आर्थिक वर्ष २०७८/७९ मा सो संख्या बढेर ३४.२७ प्रतिशत पुगेको छ ।

देशभर हालसम्ममा १ करोड ३८ लाख ३४ हजार ७ सय ९१ जग्गाधनी छन् । त्यसमा ४७ लाख ४२ हजार १६४ महिला जग्गाधनी छन् । कुल हिस्साको जुन ३४.२७ प्रतिशत हो ।

त्यस्तै देशभर पुरुष जग्गाधनीको संख्या ७२ लाख ७५ हजार ७ सय २८ रहेका छन् । जुन ५२.५९ प्रतिशत हिस्सा पुरुषको रहेको छ ।
यसैगरी देशभर विभिन्न संघसंस्थाको नाममा १८ लाख १० हजार ३७८ जग्गा रहेको तथ्याङ्कले देखाउँदछ । साथै ३ सय ८४ जना जग्गाधनी पहिचानसहितको तेस्रोलिङगी रहेको छ ।

महिलाका नाममा घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । यसले गर्दा अधिकांश जग्गा महिलाको स्वामित्वमा रहेको विभागका प्रवक्ता गुरुदत्त सुवेदी बताउँछन् ।

उनका अनुसार सरकारले महिलाको स्वामित्वमा जग्गा पास गर्ने र ४० वर्ष पूरा भई बसेका एकल महिलाको छुट्टै व्यवस्था गरेको छ । यसले गर्दा महिलाको सम्पत्तिको स्वामित्व बढेको हो ।

ग्रामीण क्षेत्रका महिलालाई ३० र सहरी क्षेत्रका महिलालाई २५ प्रतिशत दस्तुर छुट दिने गरिएको छ । एकल महिलाले भने थप १० प्रतिशत छुट पाउँछन् ।

विभागको अनुसार हालसम्ममा देशभर २ करोड ९२ लाख २८ हजार २ सय २८ कित्ता रहेको छ ।

एक वर्षमा करिब ५ अर्ब छुट
महिलाको स्वामित्वमा जग्गा पास गरेको अवस्थामा करमा छुट दिने व्यवस्थाले गर्दा महिलाहरूको नाममा जग्गा पास हुने प्रचलन बढ्दै गएको देखिन्छ । सर्वसाधारणहरूले पनि महिलाको हकमा छुट दिने भएपछि अधिकांश जग्गा पास गर्दा महिलालाई नै समावेश गराउने मालपोत कार्यालयहरू जनाएको छ ।

त्यस्तै, सरकारले छुटको व्यवस्था गरे अनुसार महिलाले वार्षिक औसतमा ५ अर्ब बढी रकम छुट भइरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा पनि सरकारले ४ अर्ब ७० करोड २६ लाख ९४ हजार रुपैयाँ महिलाको स्वामित्वमा पास गर्ने जग्गाधनीलाई छुट दिएको छ । यसले गर्दा महिलाको स्वामित्वमा जग्गा पास भएकाले केही करमा छुट भई आर्थिक खर्च कम हुने विभागको बुझाइ छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार ००:००  ११ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping