सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक, कर्जाको अवधि बढीमा १ वर्ष « Eglish Khabarhub

सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक, कर्जाको अवधि बढीमा १ वर्ष



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीलाई सेयर धितोमा बढीमा १ वर्षभित्रमा घटाउनका लागि समय दिएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गर्न लागिएको नयाँ सर्कुलरमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिमार्फत् गरेको थियो ।

उक्त नीति कार्यान्वयनका लागि तयार पारिएको नयाँ सर्कुलरमा थप संकुचित गर्दैै सेयर धितो राखेर लिइने कर्जाको अवधि बढीमा १ वर्षभित्रमा घटाइसक्नुपर्ने व्यवस्था गरेको हो ।

‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको छ,’ सर्कुलरमा भनिएको छ, ‘यो निर्देशन जारी हुनु पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नु पर्नेछ ।’

Publish on: