केएल टावरमा भ्याली एक्सप्रेसको छैटौं शाखा « Eglish Khabarhub

केएल टावरमा भ्याली एक्सप्रेसको छैटौं शाखा



काठमाडौं । काठमाडौको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैटौं शाखा खुलेको छ ।

स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरु भएको हो ।

भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको भ्याली ग्रुपका प्रबन्ध निर्देशक बाबुराजा रावलले जानकारी दिए ।

नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामग्री उत्पादन गर्ने लक्ष्यमा साथ र सहयोगको अपेक्षा गरेको रावलले बताए ।

सुपथ मूल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उद्देश्यले २०४१ मा स्थापित भ्याली कोल्ड स्टोर प्रालि (भ्याली ग्रुप) ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गरेको थियो।

प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रुपमा सञ्चालन गरिरहेको छ ।

भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्वन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन् ।

उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलव्ध गराउंदै आएको भ्याली ग्रुप अन्तर्र्राष्ट्रिय मापदण्ड कायम गर्दै सहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरिय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउन भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुराँको क्षेत्रमा ६ बर्ष अघि प्रवेश गरेको थियो ।

चितवनमा परीक्षणका रुपमा ६ वर्ष अगाडि शुरु भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताहरुको उत्साहजनक प्रतिक्रिया पाएपछि काठमाडौं उपत्यकामा प्रवेश गरेको रावलले बताए ।

बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोश्रो शाखाको स्थापना गरी बजारीकरण शुरु गरेको थियो ।

Publish on: