गाडी कर्जा स्वीकृत कहिले भएको ? फागुन १९ अघि भए ५० प्रतिशतको सीमा लाग्दैन « Eglish Khabarhub

गाडी कर्जा स्वीकृत कहिले भएको ? फागुन १९ अघि भए ५० प्रतिशतको सीमा लाग्दैन




काठमाडौं । पहिला नै स्वीकृत भइसकेको गाडी कर्जामा राष्ट्र बैंकको पछिल्लो ब्यवस्थाले रोकिनु भएको छ भने चिन्ता नगर्नुस् । फागुन १९ अगाडि स्वीकृत भएको सबारी कर्जामा ५० प्रतिशतको सीमा लाग्दैन ।

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेर सो मितिभन्दा अगाडि स्वीकृत भएको कर्जामा यस्तो सीमा नलाग्ने जानकारी गराएको हो । फागुन १० गते मौद्रिक नीतिको मध्याबधी समीक्षा मार्फत सबारी कर्जामा ५० प्रतिशतसम्म मात्रै बैंक तथा वित्तीय संस्थाले कर्जा दिन पाउने ब्यवस्था गरिएको थियो ।

मध्याबधी समीक्षा लगत्तै राष्ट्र बैंकले १९ फागुनमा परिपत्र गर्दै सवारी कर्जामा मूल्यका बढीमा ५० प्रतिशतसम्म मात्रै ऋण दिन सकिने नीतिगत ब्यवस्था गरिएको जानकारी दिएको थियो ।

‘बैंक तथा वित्तीय संस्थाले प्राकृर्तिक ब्यक्तिलाई ब्यक्तिगत प्रयोजनका लागि सबारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशतसम्म मात्र गर्नु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख गरिएको थियो ।

राष्ट्र बैंकले आज (बैशाख २८ गते) परिपत्र जारी गर्दै १९ फागुन अगाडि स्वीकृत भएका कर्जाको हकमा पुरानै ब्यवस्था अनुसार सीमा नतोकिने प्रष्ट पारेको छ ।

यस्तो ब्यवस्थाले गाडीको ब्यापारमा कमी आएको भन्दै नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले आपत्ति जनाएको थियो । यस्तै बैंकहरुले पनि पहिला स्वीकृत भइसकेको कर्जामा यस्तो ब्यवस्थाले समस्या आएको सहज पारिदिन राष्ट्र बैंकसँग आग्रह गरेका थिए ।

Publish on: