![](https://internal.appharu.com/wp-content/uploads/2021/03/merger.jpg)
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रिया तोडेको छ । समाज लघुवित्तले स्वस्तिक लघुवित्तसँग गाभ्ने/गाभिने कार्य अगाडि बढाउन नसकिएको स्पष्ट पारेको छ ।
गत वर्षको असोज ५ गतेदेखि मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । साथै फागुन २० गते मर्जरका लागि सैद्धान्तिक सहमति पनि प्राप्त भएको थिजो ।
समाज लघुवित्तले केन्द्रीय कार्यालय कहाँ राख्ने भन्ने विषयमा कुरा नमिलेपछि मर्जर प्रक्रिया तोकिएको बताएको छ । केन्द्रीय कार्यालय स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय भएको लाहानमा राख्ने सहमति भएपछि मर्जर प्रक्रिया तोकिएको उल्लेख गरेको छ ।
‘मर्जर प्रक्रियालाई मूर्तरुप दिनका लागि गत जेठ ११ गतेका दिन विशेष साधारणसभा डाकेको तर उक्त साधारसण सभामा गणपुरक संख्या नपुगेकाले असार १० गतेका लागि डाकिएको थियो । दोस्रो पटक विशेष साधारणसभा डाकिएको थियो ।
विशेष साधारणसभामा २५ प्रतिशत प्रतिनिधिलाई गणपुरक मानिने व्यवस्था अनुसार कुल सेयरको ५५.४९ प्रतिशतको उपस्थिति थियो र जसमा कुल ६६.६७ प्रतिशत तथा कुल सेयरपुँजीको ३७ प्रतिशत सेयरधनीबाट सैद्दान्तिक सहमतिमा उल्लेख भए बमोजिम केन्द्रीय कार्यालय वबर्दिबास महोत्तरीमा नभइ साविकको स्वस्तिक वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकाले मर्जर प्रस्ताव बहुमतबाट अस्वीकृत भयो,’ समाज लघुवित्तले भनेको छ ।
SHARE YOUR THOUGHTS