![](https://internal.appharu.com/wp-content/uploads/2020/09/Manaslu_from_base_camp_trip.jpg)
काठमाडौं । अटम सिजनका लागि १९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार सिप्टेम्बर ८ तारिखसम्म मनास्लु (८१६३ मिटर), धौलागिरि (८१६७ मिटर) र कञ्चनजंगा (८५८६ मिटर) हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।
विभागका अनुसार धौलागिरि हिमाल आरोहणका लागि १९ जना र कञ्चनजंगा हिमाल आरोहणका लागि ३ जनाले अनुमति प्राप्त गरेका छन् भने बाँकीले मनास्लु हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका हुन् ।
विभागले १९३ जनालाई हिमाल आरोहणका लागि अनुमति दिए वापत २ करोड ४ लाख रुपैयाँ राजस्व संकलन समेत गरेको छ ।
SHARE YOUR THOUGHTS