मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीले माग्यो २२० जना नयाँ कर्मचारी


काठमाडौं । नेपाल प्रहरीले विभिन्न तहमा २२० जना कर्मचारीका लागि जागिर खुलाएको छ । प्रहरीले स्वास्थ्य सेवा तथा इञ्जिनियरिङ सेवातर्फ कर्मचारीका लागि जागिर खुलाएको हो ।

इच्छुकले कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन् । नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, मानव अधिकार र मानवीय कानूनको उल्लंघनमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेकोलगायतका आवश्यक न्यूनतम योग्यता भएकाले आवेदन दिन सक्नेछन् ।