![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । बिहीबारको प्रि-ओपनिङमामा नेप्से परिसूचक १६.५७ अंकले बढेको छ ।
प्रि-ओपनिङमा ५६ वटा कम्पनीको सेयर कारोबार भएको छ । बुधबार भारी अंकले उछाल आएको बजारमा बिहीबारको प्रि–ओपनिङमा पनि उछाल देखिएको हो ।
प्रि-ओपनिङमा ५१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा मात्रै कम्पनीको सेयर मूल्य घटेको छ । साथै एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा सानिमा बैंक, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, नेपाल बैंक, माउन्टेन इनर्जी, एनआइसी एसिया, सिटिजन्स बैंक इन्टरनेशनल, रिडी हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
SHARE YOUR THOUGHTS