काठमाडौं । साहस ऊर्जा लिमिटेडको आईपीओ सेयरको प्रि–अलोटमेन्ट आज सम्पन्न भएको छ ।
असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर प्रि–अलोटमेन्ट आज सम्पन्न भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आईपीओ बाँडफाँट भने आगामी आइतबार हुने क्यापिटलले बताएको छ । क्यापिटलका अनुसार आईपीओ बाँडफाँट असोज १७ गते आइतबार प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे हुनेछ । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिने छ ।
कम्पनीको आईपीओमा २४ लाख ६२ हजारभन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो ।
आईपीओ भर्नेको संख्या हेर्दा सेयर जम्मा सात लाख जनाले मात्रै पाउने देखिन्छ । यसो हुँदा १७ लाखको हात खालि हुने भएको छ ।
SHARE YOUR THOUGHTS