काठमाडौं। ज्ञान चक्की आटाका उत्पादक के एल दुगड ग्रुपले मेज आटा (मकैको आटा), मेज ग्रिट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा उपलब्ध गराएको छ । यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा ५ केजी र २ केजी प्याकमा उपलब्ध भएको कम्पनीले जानकारी दियो ।
ज्ञान मेज आटा उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको पहेँलो र सेतो मकैको दानाबाट बन्दछ जसलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिएको र खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठहराएको दाबी गरिएको छ । यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुने बताईएको छ ।
त्यसैगरि ज्ञान मेज ग्रिट एउटा स्वस्थ्य उत्पादन हो, जून उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिने जानकारी दिईयो । यसमा फ्याट, सोडियम, सलुटोन रहित हुन्छ भने यसमा पाच्य फाइबर पनि रहेको हुन्छ । ज्ञान मेज ग्रिट स्वादिलो खाजाको रुपमा प्रयोग गर्न सकिन्छ वा यसलाई तरकारीहरुका साथमा मुख्य खानाको रुपमा प्रयोग गर्न सकिनुका साथै यसलाई अन्य डिसहरु बनाउनका लागि पनि प्रयोग गर्न सकिने जानकारी दिईयो ।
ज्ञान प्रिमियम लिटोमा धुलो दुध, चिनी, मकैको तेल र १६ प्रकारका भिटामीनका साथै सुक्ष्म पोषकतत्वहरु सहितको ठोस पदार्थ मिसाईएको हुन्छ । यो स्वस्थ्य, पोषक र स्वादिष्ट उत्पादन ६ महिना भन्दा माथिका केटाकेटीहरुलाई घोलेर खुवाउन सकिन्छ । यो कुपोषण भएका र माइक्रोन्यूट्रिसनको अभावबाट प्रभावित भएका मानिसहरुलाई पनि खुवाउन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS