![](https://internal.appharu.com/wp-content/uploads/2021/08/global-IME-Bank-768x495.jpg)
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको आज विहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
जस अन्तर्गत १० प्रतिशत बोनस सेयर तथा ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS