नेप्से परिसूचक साढे २७ अङ्कले बढ्यो « Eglish Khabarhub

नेप्से परिसूचक साढे २७ अङ्कले बढ्यो



काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २७.५१ अङ्कले बढेर २ हजार ५८४.५२ मा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.२४ अङ्कले बढेर ४९०.६८ मा पुगेको छ ।

नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने वृद्धि हुन सकेन । कूल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूह मध्ये व्यापार उपसमूहको मात्रै सेयर मूल्य ओरालो लागेको छ । व्यापार ३२.४७ अङ्कले घट्दा बैंकिङ ६.१३, होटल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत् ६५.१४, वित्त ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादन १०५.५४, अन्य ५५.५४, लघुवित्त ५३.९४, जीवन बीमा ६७.३१, सामूहकि लगानी कोष ०.१४ र लगानी ०.३४ अङ्कले बढेको छ ।

कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ९१ लाख ८६ हजार ६०५ बराबरको कारोबार भयो । यस्ते, एनआइसि एशिया बैंक ९ करोड ३५ लाख १८ हजार ८३४ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार वेस्ष्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै, रिलायन्स फाइनान्स ८.९० बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।

यस्तै, मेरो माइक्रोफाइनान्स १०, सानिमा बैंक ३.७८, रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले २.३७ प्रतिशतले गुमाए ।

Publish on: