निर्जीवन बीमा कम्पनीले ३ महिनामा ९ अर्ब बीमा शुल्क आर्जन गरे, असोजमा ३ अर्ब « Eglish Khabarhub

निर्जीवन बीमा कम्पनीले ३ महिनामा ९ अर्ब बीमा शुल्क आर्जन गरे, असोजमा ३ अर्ब



काठमाडौँ । निर्जीवन बीमा कम्पनीले ३ महिनामा ९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले असोज महिनामा मात्र ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले साउन मसान्तसम्म अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

असोज मसान्तसम्ममा कम्पनीहरुले ७ लाख ३० हजार ९९७ वटा कुल बीमालेख जारी सो बराबरको रकम संकलन गरेका हुन् ।

कम्पनीहरुले असोज महिनामा मात्रै साढे तीन अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । कम्पनीहरुले असोज महिनामा दुई लाख ५८ हजार ९१४ वटा बीमालेख जारी गरी तीन अर्ब ३० करोड २३ लाख रुपैयाँ संकलन गरेका हुन् ।

समितिद्धारा उपलब्ध तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा १ अर्ब ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा ६७ हजार ९७ वटा बीमालेख जारी गरी सो बराबरको रकम संकलन गरेको समितिको तथ्यांक छ ।

नेपाल इन्स्योरेन्सले ३४ करोड ९ लाख, ओरियन्टल इन्स्योरेन्सले ३६ करोड २० लाख, नेशनलले २९ करोड ९ लाख, हिमालयन जनरलले ४२ करोड ४६ लाख, युनाइटेडले ४४ करोड २ लाख, प्रिमियरले ६१ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, एभरेष्ट इन्स्योरेन्सले ३४ करोड २ लाख, नेकोले ८१ करोड २१ लाख, सगरमाथाले ९० करोड ६७ लाख, प्रभुले ३९ करोड २८ लाख, आइएमई जनरलले ३७ करोड ३३ लाख, प्रुडेन्सियलले ३१ करोड १६ लाख, लुम्बिनी जनरलले ३६ करोड ३७ लाख, एनएलजीले ६७ करोड ६१ लाख, सिद्धार्थले ६९ करोड ८५ लाख, राष्ट्रिय बीमा कम्पनीले ४४ करोड ६७ लाख, जनरल इन्स्योरेन्सले २५ करोड ७० लाख, अजोडले ४१ करोड ४९ लाख र सानिमा जनरल इन्स्योरेन्सले २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Publish on: