३ महिनामा जीवन बीमा कम्पनीको ३८ अर्बको व्यवसाय, नेपाल लाइफको ९ अर्ब « Eglish Khabarhub

३ महिनामा जीवन बीमा कम्पनीको ३८ अर्बको व्यवसाय, नेपाल लाइफको ९ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले असोज मसान्तसम्ममा प्रथम बीमाशूल्क वापत ९ अर्ब ८४ करोड, नवीकरण बीमा शुल्क वापत २८ अर्ब र वैदेशिक रोजगार बीमाशुल्क वापत ३३ करोड ५२ लाख रुपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

उक्त अवधिमा कम्पनीहरुले ८४ लाख ६१ हजार ६७६ वटा बीमालेख जारी गरेका छन् ।

गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले गत वर्षको यहि अवधिको तुलनामा १८.२८ प्रतिशतले बजार विस्तार गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार उक्त अवधिमा नेपाल लाइफ इन्स्योरेन्स एक्लैले ९ अर्ब ९० करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले उक्त अवधिमा १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ प्रथम बीमा शुल्क, ८ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नविकरण बीमाशुल्क र ४ लाख रुपैयाँको वैदेशिक रोजगार बीमा शुल्क् आर्जन गरेको छ ।

दोस्रो धेरै बीमाशुल्क उठाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । तथ्यांक अनुसार कम्पनीले तीन महिनाको अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ संकलन गरेको हो ।

राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, अन्य ६ वटा कम्पनीले अर्ब भन्दा धेरै बीमा शुल्क संकलन गर्न सफल देखिएका छन् । युनियन लाइफले एक अर्ब ८९ करोड, सिटिजनले १ अर्ब २७ करोड ११ लाख, प्राइम लाइफले एक अर्ब १८ करोड रुपैयाँ, सूर्या लाइफले एक अर्ब १४ करोड, एशियन लाइफले एक अर्ब ५९ करोड ६२ लाख, मेट लाइफले एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।

यस्तै, ज्योति लाइफले ८० करोड ७५ लाख, सन नेपालले ९२ करोड ३१ लाख, रिलायन्सले ७९ करोड ९७ लाख, रिलायबल नेपाल लाइफले ९७ करोड १० लाख,सानिमा लाइफले ५५ करोड ९२ लाख रुपैयाँ र आइएमई लाइफले ८० करोड ७२ लाख रुपैयाँ, गुँरास लाइफले ८७ करोड १९ लाख बीमाशुल्क संकलन गरेका छन् ।

Publish on: