![](https://internal.appharu.com/wp-content/uploads/2020/05/nic_asia_bank-1-1.png)
काठमाडौं । एनआइसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश गरी १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS