काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ३ दिनको मुद्दती निक्षेपको सम्पूर्ण विवरण मागेको छ ।
बैंकहरुले कात्तिक १ गतेदेखि निक्षेपको ब्याजजदर बढाएका थिए । निक्षेप तान्न ब्याजदर युद्धमा लागेका बैंकहरु राष्ट्र बैंकको हस्तक्षेपपछि ब्याक भएका थिए ।
राष्ट्र बैंकले कात्तिक २ गते राति ३ गतेदेखि बढेको ब्याजदर हटाउन निर्देशन दिएपनि केही बैंकले ब्याक डेटमा निक्षेप उठाएका थिए । बैंकरहरुले राष्ट्र बैंकले ब्याजदर घटाउन निर्देशन दिएपनि ३ गते र ४ गते नै ठूलो परिणामको निक्षेप घटेको बताएका थिए ।
बैंकहरुले कात्तिक ८ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा विवरण बुझाइसकेका छन् ।
राष्ट्र बैंकले कात्तिक ३, ४ र ५ गतेको सबै प्रकारका निक्षेपमा दिएको ब्याजको पूर्ण विवरण मागेको हो ।
एनआईसी एशिया बैंकले ब्याक डेटमा बढेको ब्याजदरमा निक्षेप उठाएको आरोप लगाएपछि राष्ट्र बैंकले बैंकहरुसँग ३ दिनमा उठेको मुद्दती निक्षेपको विवरण मागेको हो ।
SHARE YOUR THOUGHTS