एशियन लाइफ इन्स्योरेन्सबाट बीमा गर्नेलाई घाटा, बोनसदर घट्यो « Eglish Khabarhub

एशियन लाइफ इन्स्योरेन्सबाट बीमा गर्नेलाई घाटा, बोनसदर घट्यो



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनसदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर २१ रुपैयाँ सम्मले घटेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमा समितिले बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत भए पश्चात नयाँ बोनसदर सार्वजनिक भएको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर तालिका अनुसार आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आर्थिक वर्ष २०७६÷७७ मा सबै खाले बीमा योजनामा बोनसदर घटेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर घोषणा गरेको थियो । तर, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले बीमितलाई बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

कम्पनीमा सबैभन्दा बढी लोकप्रिय बीमा योजना बालबालिकाको सावधिक जीवन बीमा योजना देखिएको छ । कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेख योजना (१५देखि १९वर्ष) अन्तर्गत १ लाख ३४ हजार ८७७ जनाले बीमा गराएका छन् । जसको बोनसदर अघिल्लो वर्ष प्रतिहजारमा ६० रुपैयाँ थियो । यो वर्ष घटेर ४५ रुपैयाँमा झरेको छ ।

बालबालिकाकोे सावधिक जीवन बीमालेख (०देखि १४) वर्षे बीमा अवधिको लागि गत वर्ष कम्पनीले ५० रुपैयाँ बोनसर घोषणा गरेको थियो । सो बोनस दर यसवर्ष प्रतिहजार १२ रुपैयाँले घटेर ३८ रुपैयाँमा सीमित भएको छ ।

सोही बीमा योजनामा २० देखि २४ वर्षे बीमा अवधिका बीमालेख र २५ वा सोभन्दा माथिका बीमालेखमा समेत यस वर्ष बोनस दर घटेको छ ।
२० देखि २४ वर्षे बीमा अवधिका बीमालेखमा अघिल्लो वर्ष ७० रुपैयाँ बोनस दर कायम गरिएको थियो । जुन आर्थिक वर्ष २०७६÷७७ मा १७ रुपैयाँले घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि कम्पनीले प्रति हजार ५३ रुपैयाँ बोनस दर कायम गरेको छ । यस्तै २५ वा सो भन्दा माथिका बीमालेखमा आर्थिक वर्ष २०७५/७६ भन्दा २१ रुपैयाँले बोनस दर घटेको छ । कम्पनीले अघिल्लो वर्ष ८१ रुपैयाँ बोनस दर कायम गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ का लागि भने कम्पनीले ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

सावधिक तथा आजीवन बीमालेखमा समेत अघिल्लो आवको भन्दा आर्थिक वर्ष २०७६/७७ मा १२ रुपैयाँसम्म बोनस दर घटेको छ । ० देखि १४ वर्षे बीमा अवधिमा अघिल्लो वर्ष ६० रुपैयाँ बोनसदर कायम गरेकोमा यस वर्ष भने ५० रुपैयाँ मात्रै कायम गरेको छ ।

१५ देखि १९ वर्षे बीमा अवधिमा अघिल्लो वर्षको भन्दा प्रतिहजार १० रुपैयाँले बोनस दर घटेको छ । कम्पनीले अघिल्लो पर्ष यस बीमा योजनामा ६५ रुपैयाँ बोनस दर कायम गरेको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि कम्पनीले प्रतिहजार ५५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

यसै बीमा योजना अन्र्तगत २० देखि २४ वर्षे बीमा अवधिमा आर्थिक वर्ष २०७५/७६ मा ७२ रुपैयाँ बोनस दर कायम गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा आईपुग्दा ६० रुपैयाँमा सिमित भएको छ । २५ वा सो भन्दा माथि आर्थिक वर्ष २०७५/०७६ मा प्रतिहजार ८७ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा प्रतिहजार ७५ रुपैयाँमा आइपुगेको छ ।

कम्पनीको सावधिक जीवन बीमालेखमा सबै खाले बीमा अवधिमा आर्थिक वर्ष २०७५/०७६ भन्दा आर्थिक वर्ष २०७६÷७७ मा मा बोनस दर घटेको छ । यस बीमा योजनामा प्रतिहजार २१ रुपैयाँसम्मले बोनसदर घटेको छ ।

० देखि १४ वर्षे बीमा अविधिमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रतिहजार ४५ रुपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिमा ६० रुपैयाँ, २० देखि २४ वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २५ वा सोभन्दा माथिका बीमालेखमा ८१ रुपैयाँ बोनसदर घोषणा गरेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा आईपुग्दा उक्त बोनस दर क्रमशः ३५, ४५, ५३ र ६० रुपैयाँमा झरेको छ ।

अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार १४ हजार रुपैयाँसम्म बोनस दर घटेको छ । १० वर्षे बीमा अवधिका लागि आर्थिक वर्ष २०७५÷७६ का लागि कम्पनीले ५० रुपैयाँ, १२ वर्षे बीमा अवधिका लागि ५२ रुपैयाँ, १५ वर्षे बीमा अवधिका लागि ६५ रुपैयाँ, १८ वर्षे बीमा अवधिका लागि ६५ रुपैयाँ, २० वर्षे बीमा अवधिका लागि ७९ रुपैयाँ र २५ वर्षे बीमा अवधिका लागि ८४ रुपैयाँ बोनसदर निर्धारण गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा आईपुग्दा उक्त बोनस दर क्रमशः ४४, ४४, ५५, ५८, ६५ र ७० रुपैयाँमा झरेको छ ।

नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ती सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा समेत बोनसदर घटेको छ । यस बीमा योजनामा आर्थिक वर्ष २०७५/७६ को भन्दा आर्थिक वर्ष २०७६/७७ मा प्रतिहजार १९ रुपैयाँसम्म बोनसदर घटेको छ ।

Publish on: