तरलता अभावले लोनको रोटेशनमा समस्या भयो: परिसंघ अध्यक्ष अग्रवाल « Eglish Khabarhub

तरलता अभावले लोनको रोटेशनमा समस्या भयो: परिसंघ अध्यक्ष अग्रवाल


१४ कार्तिक २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले तरलता (लगानीयोग्य रकम) अभावले लोनको रोटेशनमा समस्या भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अधिकारसँगको भेटमा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । नयाँ आर्थिक वर्ष सुरुभए लगत्तै बैंकमा तरलता अभाव चुलिएको र पछिल्लो समयमा बैंकहरुले लोनको रोनेशन गर्न नसकेका कारण समस्या बढेको उनले बताए । यसले गर्दा व्यवसायीका साथै बैंकलाई समेत कुनै न कुनै रुपमा असर पर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

कोरोना महामारीपछि बैंक ब्याजदर एकल बिन्दुमा हुँदा केही हसज भएपछि अहिले व्यवसायीलाई चल्न निकै गारो भएको उनको तर्क छ । सरकारले तरलता अभावको दिर्घकालिन समाधान खोज्नुपर्ने अग्रवालको भनाई छ । ‘सरकारले ४ महिनाको अवधिमा ३ प्रतिशत पनि बजेट खर्च गर्न गरेको छैन’ उनले भने ‘समयमा नै बजेट खर्च हुने हो भने तरलताको समस्या समाधान यतिधेरै हुने थिएन ।’

अहिले उद्योगीलाई काम गर्दा जग्गा प्राप्तिमा समस्या, बढी विद्युत महशुल, बढ्दो ढुवानी, बढी बीमा शुल्क, दोहोरो अंकको ब्याजदरले पनि औद्योगिककरणमा समस्या भएको अध्यक्ष अग्रवालको तर्क छ । अहिले सरकार विप्रेषणा मात्रै भर परेको भन्दै आगामी दिनमा वैदेशिक ऋणमा सुधार ल्याउन आवश्यक रहेको र निर्यात बढाउने तर्फ सबै ध्यान जानुपर्ने अग्रवालको भनाई छ । कोरोना महामारी सहज बन्दै जाँदा केही क्षेत्रमा माग बढेको भएपनि पर्यटन, साना तथा मझौला उद्योगको माग नबढेको उनको भनाई छ ।

भेटका क्रममा अध्यक्ष अग्रवालले सरकार परिवर्तनले पनि नपारेको असर नीतिगत अस्थिरताले पारेको बताए । कोरोनाको असरको बेला नीतिगत अस्थिरता हुँदा उद्योगी व्यवसायीलाई काम गर्न समस्या भएको र बैंकको ऋण समेत डुब्ने अवस्था आउन सक्ने उनको भनाई छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार ००:००  २ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping