इलेक्ट्रिक बाइक र स्कुटर चढ्दा १५ गुणा सस्तो पर्ने, प्रयोगकर्ता पनि बढ्दै « Eglish Khabarhub

इलेक्ट्रिक बाइक र स्कुटर चढ्दा १५ गुणा सस्तो पर्ने, प्रयोगकर्ता पनि बढ्दै


५ मंसिर २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं कीर्तिपुर बस्ने सुमन श्रेष्ठले एक वर्षअघि आफूले चढ्दै आएको पल्सर बाइक बेचे । पल्सर बाइक चढ्दा धेरै खर्च लाग्यो ।

अफिस र घर गर्दा दैनिक ३० किलोमिटर मोटरबाइकमा गुड्नुपर्छ । यत्तिका लागि मात्रै पनि महिनामा ४ हजारको पेट्रोलले नभ्याउने भयो । पेट्रोलमात्र होइन, बाइक सर्भिसिङमा समेत त्यस्तै खर्च हुने ।

उनले सोचे खर्चिलो पल्सर बाइकभन्दा त बरु इलेक्ट्रिक स्कुटरनै सस्तो पर्ला । उनले इलेक्ट्रिक स्कुटर किने ।

इलेक्टिङ स्कुटर चढ्न थालेपछि सुमन दंग छन् । बाइकमा हुने खर्च बचत भइरहेको छ ।

‘इलेक्ट्रिक स्कुटर लिएपछि मेरो खर्च निकै कम भएको छ,’ श्रेष्ठले भने, ‘यसमा ब्याट्री चार्ज गर्ने हो । चार्ज गर्न धेरै लागे २ युनिट लाग्छ । त्यसको खर्च भनेको लगभग २५ रुपैयाँ मात्र हो, एक युनिटको मूल्य १० रुपैयाँको हाराहारीमा पर्छ ।’

श्रेष्ठका अनुसार इलेक्ट्रिक स्कुटर किनेको एक वर्ष बित्दासमेत उनको खर्च भनेको चार्जिङमात्र हो ।

‘पहिले बाइक हुँदा १ वर्षमा ६५ हजार रुपैयाँभन्दा बढी त पेट्रोलमै खर्च हुन्थ्यो, त्यो खर्च घटेर अहिले १० हजार रुपैयाँमा सीमित भएको छ,’ श्रेष्ठले भने, ‘चलाउँदा आवाज पनि आउँदैन र मोबाइल चार्ज गरेको जसरी घरको पार्किङमै चार्ज गर्छु ।’

यस्तै कथा उज्वलविजय मानन्धरको पनि छ । कलंकीमा बस्दै आएका मानन्धरले इलेक्ट्रिक स्कुटर चढ्न थालेको १ वर्ष भयो ।

‘पेट्रोलवाला स्कुटर हुँदा दिनमा न्यूनतम १ सय रुपैयाँ खर्च हुन्थ्यो तर अहिले इलेक्ट्रिक स्कुटर किनेपछि २० रुपैयाँले पुगेको छ ।’

उनको हिसाबमा पहिले पेट्रोलमा मात्रै वार्षिक न्यूनतम ३५ हजार रुपैयाँ खर्च हुन्थ्यो । पेट्रोलमात्रै हालेर पनि भएन । हरेक महिना सर्भिसिङको खर्च पनि छ । सर्भिसिङमा कम्तीमा २ हजार रुपैयाँ लाग्थ्यो ।

‘एक वर्षमा लगभग २४ हजार खर्च सर्भिसिङमा मात्रै गरेको हुँला, मानन्धरले भने, ‘इलेक्ट्रिक स्कुटर चढ्न थालेपछि थाहा भयो पेट्रोल प्रयोग हुने बाइक चढ्दा कति खर्च हुने रहेछ भन्ने।’

श्रेष्ठ र मानन्धर जस्तै विद्युतीय सवारीमा सर्वसाधरणको चासो बढ्दै गएको छ । यसको प्रमुख कारणमा विद्युतीय सावारी साधान प्रयोग गर्दा लाग्ने खर्चनै हो । सामान्य हिसाब गर्दा पनि विद्युतीय सवारीसाधन प्रयोग गर्दा झन्डै १५ गुणा सस्तो पर्ने देखिएको छ ।

उज्वलविजय मानन्धर

उदाहरणका लागि हेरौं, मानौं तपाईंको पेट्रोल प्रयोग हुने बाइक वा स्कुटरले १ लिटर पट्रोल हाल्दा औसतमा ३५ किलोमिटर गुड्छ भने प्रतिकिलोमिटर ३ रुपैयाँ ८८ पैसा खर्च भयो । तर इलेक्ट्रिक बाइक वा स्कुटर प्रयोग गर्दा २ देखि ३ युनिटमा फूल चार्ज हुन्छ र यसको खर्च २० रुपैयाँदेखि ३० रुपैयाँ मात्रै हुने भयो । फूल चार्ज गरेको बाइक वा स्कुटर औसतमा ८० किलोमिटर मात्रै गुड्यो भने प्रतिकिलोमिटर ०.२५ रुपैयाँदेखि ०.३७ रुपैयाँ भए पुग्यो । त्यसमाथि पेट्रोल प्रयोग हुने साधनमा मासिक रुपमा हुने सर्भिसिङको खर्च पनि बढ्ने भयो ।

सरकारको नीति
सरकारले पनि विद्युतीय सवारी साधनको विकास र बिस्तारमा जोडबल लगाइरहेको छ । सरकारले गरेको भन्सार छुटको व्यवस्था र पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिका कारण विद्युतीय सवारी उपभोग गर्दा सस्तो पर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए ।

‘अहिले देशमा विद्युत खेर गइरहेको अवस्थामा सरकारले विद्युत खपत धेरै होस् भन्ने धारणाको विकासले विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेको छ,’ भेटवालले भने, ‘चालु आवमा सरकारले विद्युतीय सवारीमा आयात गर्दा जम्मा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र १० हजार आरडीटी लाग्ने व्यवस्था गरेको छ ।’

सरकारले भन्सार छुटदेखि हरेक कुरामा विद्युतीय सवारीका लागि सहुलियत दिँदा यो अझ सस्तो पर्न गएको छ ।

मुलुकमा विद्युतको उपलब्धता उच्च भइरहेको बेला यसको खपत गर्ने ठाउँको खोजी भइरहेको छ । यसो हुँदासमेत विद्युतीय सवारी साधनको विकास र बिस्तार हुन नसकेको प्रवक्ता भेटवालको भनाइ छ ।

इन्धन आयातले मुलुकको व्यापार घाटलाई उच्च बनाइरहेको बेला विद्युतीय सवारी साधान नेपालको लागि उपयुक्त विकल्प हो । विद्युत् खपत र विद्युतीय सवारी साधनमा जोड दिनुको विकल्प नभएको प्रवक्ता भेटवालको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले नेपालमा हाल खेर गइरहेको विद्युत् सदुपयोग गर्न विद्युतीय सवारीसाधनले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

‘विद्युतीय साधन कम मूल्य इञ्जिन र ब्याट्री चार्जको हिसाबले नेपालका लागि प्राविधिकरुपमा राम्रो, सस्तो र उपयुक्त छ,’ राजकर्णिकारले भने, ‘यस्ता स्कुटरहरुको मूल्य सस्तो, मर्मत खर्च कम र चार्जिङ खर्च कम हुने हुँदा विद्युतीय सवारी सस्तो पर्न गएको हो ।’

नेपाली बजारमा विद्युतीय स्कुटर र बाइकको मूल्य १ लाखदेखि उपलब्ध छन् । अब इन्धनबाट चल्ने स्कुटर र बाइक उपभोग गर्नेको संख्यामा कमी आउने टेल्जीका व्यवस्थापक सञ्जीव शिल्पाकारले बताए ।

‘इलेक्ट्रिक बाइक र पेट्रोल बाइकको मूल्यमा खासै फरक छैन,’ शिल्पकारले भने, ‘इलेक्ट्रिक बाइक भने किन्दा मात्र खर्च हो । त्यसपछिको खर्च शून्य जस्तै हो ।’

विद्युत् खपत बढ्ने र इन्धन आयत घट्ने
विद्युतीय स्कुटर र बाइकमा मात्र प्रयोग बढाउन सक्ने हो भने पनि विद्युतको खपत बढ्ने र इन्धन आयात भट्ने मन्त्रालयका प्रवक्ता भेटुवालले बताए ।

‘सरकारले अहिले विद्युत् खपतका लागि उपभोग गर्ने ठाउँ खोजिरहेको छ,’ उनले भने, ‘तर, यता विश्व बजारमा भएको इन्धनको मूल्यवृद्धिले नेपाली जनता तर्सित भएका छन् ।’

नेपालले १ वर्षमा भारतबाट २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गर्छ । नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्न नसक्ने अवस्था रहेको प्रवक्ता भेटुवालको भनाइ छ ।

पेट्रोलबाट चल्ने स्कुटर या बाइकले दिनमा एक लिटर पेट्रोल खपत गर्दा पनि एक महिनामा ३० लिटर इन्धन खपत हुन्छ । उसले एक वर्षमा ३६० लिटर पेट्रोल खपत गर्छ । जसको कारण एक वर्षमा एक लाख स्कुटर र बाइकका लागि मात्रै ३६ लाख लिटर पेट्रोल आयात गर्नुपर्ने हुन्छ ।

‘एउटा विद्युतीय सवारीले दिनमा २ युनिट मात्र विद्युत् खपत गर्यो भने पनि एक महिनामा ६० युनिट खपत हुन्छ,’ भेटुवालले भने, ‘एक वर्षमा ७२० युनिट खपत हुन्छ । एक वर्षमा एक लाख वटा इलेक्ट्रिक स्कुटर र बाइक सञ्चालन गर्न सके ७२० मेगावाट विद्युत् खपत हुन्छ ।’

विद्युतीय सवारी साधनको प्रयोग गर्न सकियो भने पेट्रोलियम पदार्थको आयातमा नेपालले व्यहोर्दै आएको अर्बौ रुपैयाँ बचत हुने पक्का छ ।

वातावरण–मैत्री सवारी साधन
विद्युतीय सवारी साधनको प्रयोगले विद्युत् खपत बढाउने मात्र होइन सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने सरकारको लक्ष्य प्राप्तिमा समेत सघाउने भेटुवालको भनाइ छ । कार्बन उत्सर्जनमा इन्धनको मात्र योगदान ३७ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

पेट्रोलबाट चल्ने सवारीको मात्र कम गर्न सके वातावरणीय सन्तुलन कायम गर्न मद्दत गर्ने वातावरण विज्ञहरुको भनाइ छ ।

विद्युतीय सवारीबाट आवाज र धुवाँ नआउने हुँदा वातावरण मैत्री हुन्छ । यसले कार्बन उत्सर्जनमा पनि कमी ल्याउँछ । कार्बन उत्सर्जन कम हुनु भनेको वातावरणलाई जोगाउनु हो ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार ००:००  १२ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping