![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । सोमबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४४ अंकमा पुगेको छ । कारोबार रकम बढ्न नसकेपनि करिब आधा कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ ।
यो दिनको कारोबारमा १०६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । जबकी १८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
यो दिनको कारोबारमा ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ ।
यो दिनको कारोबारमा मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य पनि ९.७५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, अरुण काबेली पावर, हिमाल दोखला हाइड्रोपावर र नबिल बैंक अगाडि छन् ।
SHARE YOUR THOUGHTS