![](https://internal.appharu.com/wp-content/uploads/2021/11/GE-Fest-nemonic-768x671.png)
बडवाईजरले ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टार सँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा जीई फेस्ट आयोजना गर्ने भएको छ ।
महामारीपछि मौन रहेको उद्योगलाई यस सांगितिक कार्यक्रमले बढावा दिने उद्देश्यले फेस्टको आयोजना गरिएको कम्पनीको भनाइ छ । फेस्टको प्रमुख आर्कषणमा लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछन् ।
साथै अन्य कलाकारहरुमा ओएसिस थापा, प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य छन् । नेपाली संगीत प्रेमीमाझ चर्चित बेक्चाले यहि कार्यक्रमद्वारा पहिलो पटक आफ्ना स्रोत सामू आउँदैछन् ।
इभेन्टको प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ भने विषेश गरी आइएमई एपबाट पनि प्राप्त गर्न सकिनेछ ।
बिहान ११ः३० बजे प्रवेश गर्न सकिने यस कार्यक्रममा आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरु पनि हुनेछन् ।
SHARE YOUR THOUGHTS