हिमाल सरसफाई व्यवस्थापनका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने « Eglish Khabarhub

हिमाल सरसफाई व्यवस्थापनका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने


१४ मंसिर २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालको पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मार्गनिर्देशन बनाउने गरी जुन महिनामा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

उक्त कार्यक्रममा हिमालय क्षेत्रका काम गरेको विभिन्न वैज्ञानिक, इञ्जिनियर, वातावरण विज्ञ, डाक्टरलगायतको सहभागिता रहने छ । यी सबै कामको माडालिटी तय गर्नका लागि बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र स्पेशिनस कम्पनी द नेभररेस्ट प्रोजेक्टका प्रोजेक्ट डाइरेक्ट फेडरिक काउफमेनले हस्ताक्षर गरेका छन् ।

सम्मेलनमा नेपालका हिमालमा यसअघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसरफाई सम्बन्धि तथ्याङ्कको अध्ययन तथा विश्लेषण गरिनेछ ।

साथै, विश्वका अन्य देशका पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको अध्ययन गरी विश्वभरनै पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा हुने फोहर व्यवस्थापन तथा सरसफाइएको मापदण्ड बनाइने बोर्डका बोर्डका कार्यकारी प्रमुख (सीइओ) डा.धनन्जय रेग्मीले जानकारी दिए ।

यसबाट हिमालको दीगो व्यवस्थापन गर्दै भावी पुस्तालाई स्वच्छ हिमाल हस्नात्तरण गर्न सकिने र विश्व समुदायमा हिमालको महत्व, हिमाल आरोहण गर्दा फोहर व्यवस्थानका अरु विषयमा साझा धारणा तय हुने समेत उनले बताए ।

भारतको पञ्जावमा नेपाल प्रर्वद्धन गरिने
यसैबीच नेपाल पर्यटन बोर्डले भारतको पञ्जावमा नेपालमा पर्यटन प्रर्वद्धन गर्नका लागि नेपालमा रहको शिख समुदायसँग छलफल गरेको छ ।

बोर्डले नेपालमा पहिलो पटक बस ट्रक भित्र्याएका पञ्जावमका प्रितमसिंह सहित यहाँ रहेका शिख समूदायका अगुवाहरुसँग पञ्जाबमा नेपाल प्रर्वद्धनकालागि छलफल गरेको बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मीले जानकारी दिए ।

त्यसका लागि समूदायसँगको सहकार्यमा नेपालमा रहेका गुरु नानकमा मन्दिरको समेत अध्ययन गरी नेपाल र पञ्जावबीच पर्यटन प्रर्वद्धनको कार्यक्रम तय गरिने उनले बताए ।

नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत रहेको र त्यसमा पनि औद्योगिक विकासमा अघि बढेको पञ्जावमा नेपालको प्रर्वद्धन गर्न सके सो क्षेत्रबाट थप पर्यटक ल्याउन सकिने बोर्डको आँकलन छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार ००:००  ४ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping