इच्छाराज तामाङको बयानः बचतकर्ता सदस्यलाई रकम फिर्ता गर्ने दायित्व मेरो होइन « Eglish Khabarhub

इच्छाराज तामाङको बयानः बचतकर्ता सदस्यलाई रकम फिर्ता गर्ने दायित्व मेरो होइन


१७ मंसिर २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलगायतका ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ ।

शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित अभियोगपत्र दायर गरिएको हो ।

निक्षेपकर्ताको बचत हिनामिना गरेको आरोमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङले सरकारी वकिल कार्यालयमा दिएको बयान ।

२०५७ सालतिर हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जीवनराज बज्रचार्य, डा.दुर्गा प्रसाद संग्रौला, सूर्यप्रसाद संगौलासमेतका व्यक्तीहरु एक आपसमा छलफल गरी व्यवस्थित बसोबासका लागि हाउजिङ व्यवसाय गर्ने उद्देश्यले सहकारी संस्था स्थापना गरौं भनि योजना बनाई सोहीअनुसार २०५७ सालमा सहकारी स्थापना गर्ने काम भएको हो ।

स्थापना भए पश्चात तत्कालै मैले रु.१(एक) लाख सेयर लगानी गरी सेयर सदस्यको रुपमा आबद्ध भई आएको हुँ । मैले संस्थालाई आवश्यकताअनुसार सञ्चालक समितिले निर्णय गरे अनुसार संस्थालाई पटक पटक थप सेयर लगानी गरेको हुँ । म संस्थाको स्थापनाकालदेखि २०६७ सम्म सञ्चालक समितको अध्यक्ष भएको हो । त्यसपछि २०७३ सालसम्म संस्थापक सल्लाहकारका रुपमा काम गरेको हो । २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन् ।

संस्थाको विनियममा देशको चौतर्फी बिकास गर्न संस्थाको क्षमताले भ्याएसम्म जलविद्युत्, यातयात, सञ्चारलगायतका उपयुक्त देखिने आयोजनाहरु निर्माण तथा संचालन गर्ने भन्ने उल्लेख भए बमोजिम २०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुर भैसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको हो ।

त्यसैगरी २०६२ सालमा, २०६३ सालमा हाउजिङ परियोजनाकारुपमा विभिन्न स्थानमा जग्गा खरिद गरी हाउजिङ बनाई बिक्री गरी आएको हो । २०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रालि खडा गरी कारोबार गर्नु भनि आन्तरिक राजस्व विभागको फूल अडिटबाट कार्यान्वयन गर्नु भनि निर्देशनअनुसार व्यवस्थित बसोबासका लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स प्रालि नामक कम्पनी दर्ता गरी हाउजिङ परियोजना शुरु गरेको हो ।

त्यसरी नै एउटा कम्पनीमा ३५ (पैतिस) रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ साल तिर सिभिल अपार्टमेन्ट प्रालिसमेतका अन्य २१/२२ वटा जति कम्पनीहरु दर्ता गरी सञ्चालनमा आएपनि कतिपय बन्द भैसकेका छन् । सिभिल होम्स समेतका कम्पनीहरुले फेजवाइज हाउजिङ परियोजनाहरु संचालन गरेको हो । सम्पूर्ण कम्पनीहरुमा सञ्चालक समितिको अध्यक्ष म इच्छाराज तामाङ, सदस्य केशवलाल श्रेष्ठ समेत सदस्य छन् ।

विभिन्न बैकहरुमा आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरुको खाता रहेको छ । सिभिल बैकमा संस्थापक सेयर संख्या ४४८६०० रहेको छ । सो बाहेक अन्य बैक, संस्था समेतमा सेयर रहेको छ ।

श्रीमती सिर्जना शाक्य, छोरीहरु प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत बिभिन्न बैक, बित्तीय संस्था, कम्पनीहरुमा सेयर, काठमाडौं कीर्तिपुरमा जग्गा जमिन छ । करिब २,१०० (एक्काईसय) जना जति संस्थाका सदस्य बचतकर्ता सदस्यहरु भएको थाहा पाएको हुँ । उक्त संस्थाका बचतकर्ता सदस्यहरुलाई करिब ७ (सात) अर्ब जति रकम फिर्ता गर्नुपर्ने हुनुपर्दछ ।

सिभिल होम्स समेतका सबै कम्पनीबाट करिब ५ (पाच) अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई तिर्न बाँकी छ । २०७२ सालको बिनासकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेण्टहरुमा ठूलो क्षति पुर्याएकाले पुनःनिर्माण गर्न समय लागेकाले ठूलो नोक्सानी क्षति ब्यहोर्नु परेको र कोरोना महामारीको कारण घर/अपार्टमेण्ट बिक्री बितरणमा कमी आएकाले भने जति सावा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई चुक्ता गर्न नसकेको हो ।

बिभिन्न पत्र पत्रिकामा नकारात्मक समाचार सम्प्रेषण भएपछि सदस्यहरुलाई कर्जा रकम तुरुन्त फिर्ता गर्नुपर्ने बाध्यताले सम्पूर्ण रकम तिर्न नसकेको हो । म संस्थाको अध्यक्ष हुँदा संस्था नियम बिनियम बमोजिम संस्थाको नाममा प्रायः जसो जग्गाहरु रजिष्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनिको सयुक्त लगानी भएकाले धितो राखि राख्नु पर्ने आवश्यक नभएकाले धितो नराखिएको हो ।

कतिपय लगानीमा धितो समेत राखिएको थियो । कर्जा वापतको रकम चुक्ता गर्न बचतकर्ताको नाममा समेत घरजग्गा रजिष्ट्रेशन पारित गरी कम्पनीहरुको नाममा रहेको साँवा ब्याज रकम तिर्दै आएको र नगद रकम साँवा ब्याज रकम घटाई आएको छ ।

संस्थामा सदस्य बचतकर्ताहरुले बचत गरेको रकम बचतकर्ता सदस्यहरुलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन् संस्थाको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ००:००  ९ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping