![](https://internal.appharu.com/wp-content/uploads/2021/12/0D5AFD70-8937-4C04-BDBA-43E3EA2E7314-768x576.jpeg)
काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् ।
बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे ।
विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/9C7D054F-BB05-4671-90A9-170A93E99AFD-768x450.jpeg)
मतपरिणाम अनुसार चौधरीको प्यानलबाट मिलनबाबु मल्ल (१४६५), अनुपकुमार मल्ल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२), सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी सोही प्यानलबाट अभिक ज्योती (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंहानिया (१३७१) गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।
साथै, थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/CD2306A5-D99D-48D9-871E-05DA74AFE1AD-522x768.jpeg)
![](https://internal.appharu.com/wp-content/uploads/2021/12/D724452E-91DB-4BD5-A38F-F2E3F190A6E5-561x768.jpeg)
SHARE YOUR THOUGHTS