प्रचण्डको अभिव्यक्तिले सेयर लगानीकर्ता आक्रोशित, विरोधमा उत्रने तयारी « Eglish Khabarhub

प्रचण्डको अभिव्यक्तिले सेयर लगानीकर्ता आक्रोशित, विरोधमा उत्रने तयारी




काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताएपछि सेयर बजारमा पहिरो गएको छ ।

अध्यक्ष प्रचण्डको बजार विरोधी अभिव्यक्तिले बजार घट्नुका साथै लगानीकर्ता आक्रोशित बनेका छन् । प्रदेश पाँच सेयर लगानीकर्ता फोरमले विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारमा भएको पार्टीको अध्यक्ष जस्तो गरिमामय पदमा भएको व्यक्तिबाट आएको सेयर बजार विरोधी अभिव्यक्ति अर्थात पुँजी बजारलाई वित्तीय एकाधिकार पुँजी बजार एंव नयाँ विकसित साम्राज्यवादको संज्ञा दिनुले खुला अर्थनीति एवम उदारवादको विरुद्ध लगानीकर्तालाई निरुत्साहित परेको जनाएको छ ।

सर्वसाधारण लगानीकर्तामा पर्न गएको नकारात्मक अभिव्यक्तिको प्रभावबाट धैर्य एंव संयम रहन फोरमले सबैलाई अपिल गरेको छ ।
फोरमले विज्ञप्ति मार्फत सबै लगानीकर्तालाई विरोधको लागि एकजुट रहन अनुरोध गरेको छ ।

Publish on: