सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक, अधिकतम ७३ रुपैयाँ « Eglish Khabarhub

सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक, अधिकतम ७३ रुपैयाँ



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो जीवन बीमाकोषको बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका जीवन बीमालेखमा प्रति हजार अधिकतम ७३ रुपैयाँसम्म बोनस दर घोषणा गरेको हो ।

कम्पनीले सो आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ४४ रुपैयाँ र अधिकतम ५५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

सिटिजन शुभारम्भ योजनामा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमितले न्यूनतम २५ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम प्रतिहजार ३७ रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् ।

उल्लेखित बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुने जनाएको छ ।

साथै, अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा समितिबाट अर्को व्यवस्था गन स्वीकृत नभएसम्मका लागि यही बोनसदर कामय हुने कम्पनीले जानकारी दिएको छ ।

Publish on: