झ्याप झ्याप विजुली जाने समस्या तत्कालै पूर्णरुपमा समाधान हुँदैन्: कुलमान « Eglish Khabarhub

झ्याप झ्याप विजुली जाने समस्या तत्कालै पूर्णरुपमा समाधान हुँदैन्: कुलमान


१६ पुस २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले झ्याप झ्याप बत्ति जाने समस्या तत्कालै पूर्णरुपमा समाधान नहुने बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले काठमाडौं उपत्यकामा गरिरहेको प्रसारण लाइन सुधार, सब स्टेसन निर्माण लगायत विद्युत वितरण प्रणाली सुधारको काम सम्पन्न हुन दुई वर्ष लाग्ने भएकाले तत्कालै बत्ति जाने समस्या पूर्णरुपमा समाधन नहुने बताए ।

‘दुई वर्ष अघिसम्म पिक आवरमा विद्युतको माग ३०० मेगावाट रहेको काठमाडौँ उपत्यकामा यस वर्ष विद्युतको माग ५०० मेघावाट पुगेको छ ’ घिसिङले भने, ‘हामीले ९ स्थानमा नयाँ सब स्टेसन बनाईरहेका छौँ ।

जमिन मुनि तार राख्ने काम पनि भइरहेको छ । यो सप्पै काम सम्पन्न हुन २ वर्ष सम्म लाग्छ । त्यसपछि काठमाडौँ उपत्यकामा विद्युतको माग २ हजार मेघावाट पुगेपनि समस्या हुने छैन । ’


‘बत्ति जाने समस्या केही ठाउँमा मात्र’
काठमाडौँ उपत्यकामा लगातार बत्ति जाने समस्या देखिएर समाजिक सञ्जालमा आलोचना भएपछि प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

कार्यक्रममा घिसिङले विद्युत वितरण प्रणालीमा एकैपटक धेरै लोड बढेकाले केही ठाउँमा बत्ति जाने समस्या देखिएको बताए । ‘ हाम्रो प्रणालीमा बत्ति नभएर लाइन काटिएको होइन् ।

काठमाडौँ उपत्यकामा ३ हजार ८ सय ट्रान्सफर्मर छन् । पछिल्लो केही दिन देखि ५०-६० ट्रान्सफर्मरमा समस्या देखिएकाले केही ठाउँमा बत्ति भएको हो’, घिसिङले भने ।

गत मंगलबार राति देखि लगातार पानी परेकाले पनि ट्रान्सफर्मर परिवर्तन गर्न समय लागेको घिसिङको भनाई छ ।

‘काठमाडौँ उपत्यकामा चिसो बढेसँगै विद्युतको माग पनि बढ्यो । जसले गर्दा कतै ट्रान्सफर्मर जल्ने र कतै ट्रान्सफर्मरको स्विच खस्ने समस्या देखियो’, उनले भने, ‘पानी परेर समस्या नभएको भए हामीले केही समयमा नै टान्सर्फमर मर्मत गर्न सक्थ्यौँ । तर, रात र दिनको पानीले समस्या भयो । ’

विद्युत प्रसारण लाइनको सुधार प्राधिकरणको प्राथमिकतामा रहेको भन्दै घिसिङ हाल समस्या देखिएका ठाउँहरुमा ट्रान्सफर्मर थप्ने काम भइरहेको बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ००:००  ३ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping