बैंकलाई ३०% कर लगाउनु कारबाही गरे सरह होः गोल्यान « Eglish Khabarhub

बैंकलाई ३०% कर लगाउनु कारबाही गरे सरह होः गोल्यान


१६ पुस २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सिबिफिनका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रका लागि ३० प्रतिशत कर लगाउनु कारबाही गरे सरह भएको बताएका छन् ।

उनले २९ हजार मानिसले काम गर्ने क्षेत्रलाई ३० प्रतिशत कर लगाउनु उचित नभएको टिप्पणी गरे ।

‘कर बढी आउँछ भनेर बढी कर लगाएको जस्तो भएको छ, कर घटाउनुपर्छ,’ उनले भने, ‘यो त हामीहरुलाई कारबाही गरेजस्तो लागेको छ ।’

बैक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतिहरु र सम्बोधनका लागि सुझाव प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गोल्यानले कस्ता बैंक चाहिने हो यस विषयमा राष्ट्र बैकको प्रष्ट नीति ल्याउनु पर्ने बताए ।

उनले ख र ग वर्गलाई बन्द गर्नु भन्दा पनि जोगाउन आवश्यक रहेको तर्क गरे ।

कार्यक्रममा उनले ब्यालेन्स अफ पेमेन्ट घटेकाले अहिले ठूलो क्राइसिस देखिन लागेको बताए ।

हरेक आयातमा क्यास मार्जिन लगाउन आवश्यक रहेको रहेको उनको भनाइ छ । उनले कृषि उपज आयातलाई महंगो बनाउन आवश्यक रहेको समेत बताए ।

उनले स्प्रेडदर ३ प्रतिशतमा सीमित हुनुपर्ने भन्दै भनेर उद्योगीले भन्ने तर गाली बैंकले खाने गरेको भन्दै कृषि र अन्य क्षेत्र, उद्योगमा जाने कर्जा समान हुन नहुने बताए ।

आयात प्रतिस्थापन कर १५ प्रतिशत र कृषि उपजमा कर बढाउन उनले आग्रह समेत गरेका छन् ।
विदेशी सामान महंगो भए नेपाली उत्पादन बढने बताए । आयात कम हुँदा तरलताको समस्या समाधान हुने उनको भनाइ छ ।

अध्ययन कार्यदलका बैंकिङ विज्ञको रुपमा काम गरेका सदस्य बीएन घर्तीले सहकारीको अनुगमन गर्न सयन्त्रको आवश्यक रहेको बताए । राष्ट्र बैंकमा विभाग खोलेर र प्राधिकरण गठन गरेर मनिटरिङ गर्न आवश्यक रहेको घर्तीको भनाइ छ । सहकारीले अर्थतन्त्र निर्माणमा सहयोग गरेको भएपनि मनिटरिङ आवश्यक रहेको उनको भनाइ छ ।

सहकारीले करिब ५ खर्ब बराबरको बचत तथा करिब ४ खर्ब ५० अर्ब जति ऋण परिचालन गरेको तथा करिब ७२ लाख सदस्य आबद्ध भएको र ३० हजार बचत तथा ऋण सहकारी सञ्चालनमा छन् ।

‘केही ठूला सहकारीले बैंकहरुले जस्तो ठूलो कारोबार गरेका छन् । तर,बैंकहरुमा जस्तो नीति कार्यविधि छैनन् त्यस्तै गरी अनुभव भएका कर्मचारी कम छन् । जसले जोखिम बढाएको छ । यसमा नियमन हुन आवश्यक छ,’घर्तीले भने ।

उनले सहकारीको राष्ट्रिय अर्थतन्त्रमा योगदान भने निकै ठूलो भएको बताए ।

उनले बैंकले पैसा छापे भन्ने मनस्थिति रहेको भन्दै यो मनस्थिति त्याग्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ००:००  ४ : ४३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping