विकास खर्च गर्न खरिद नियमावली बाधकः भौतिक योजना मन्त्री यादव « Eglish Khabarhub

विकास खर्च गर्न खरिद नियमावली बाधकः भौतिक योजना मन्त्री यादव


१६ पुस २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले अहिले रहेको विद्यमान खरिद नियमावली वाधक बनेका कारण सरकारले विकास निर्माणको काम गर्न नसकेको बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समिति बैंठकमा बोल्दै मन्त्री यादवले खरिद नियमावलीले सहज काम गर्न वाधक बनेको बताएकी हुन् ।

मन्त्री यादवले खरिद ऐन कै कारण विकास निर्माणको काम नहुँदा सरकारले खरिद नियमावली संशोधन गर्ने तयारीमा जानकारी दिइन् ।

‘खरिद नियमावलीको कारण सडक निर्माण टेण्डर प्रक्रिया नै समस्या भएको छ, पछिल्लो समय सडक निर्माण तथा पुल निर्माणमा देखिएका समस्या हल गर्दै निर्माण कार्य अगाडि बढेको छ,’मन्त्री यादवले भनिन् ।

मन्त्री यादवले दार्चुला तथा कर्णाली क्षेत्रका बन्ने सडक निर्माणको कामलाई सरकारले पहिलो प्राथमिकता दिएको पनि बताइन् ।
उनले मन्त्रालयले कर्णाली तथा दार्चुलाबाट सडक निर्माणको फाइलहरु आएको एक दिन अध्ययन गरेर तीन दिन भित्र फाइल अगाडि बढाउने गरेको बताइन् ।

मन्त्री यादवले भौतिक मन्त्रालयले तीन दिनमा फाइल पठाए पनि अन्य मन्त्रालय तथा विभागमा गएर थन्किएर बस्ने गरेकाले समस्या भएको बताइन् ।

‘अहिले सरकारले दुर्गम क्षेत्रको विकास निर्माणको कामलाई तिव्र रुपमा अगाडि बढाउने गरी तयारी गरेको छ । दार्चुला टिंकर सडकखण्ड लगायत अन्य सडक निर्माणको लागि मन्त्रालयमा आउने फाइलहरु एक दिन अध्ययन गरेर तीन दिन भित्र काम गर्नको लागि फाइल पठाउन सुरु गरिएको छ,’ उनले भनिन् ।

उनले अहिले भएको खरिद ऐन नियमावली संशोधनको कुरा मन्त्रीपरिषद्मा विचाराधिन रहेको सरकार खरिद ऐन नियमावली परिर्वतन गर्ने तयारीमा रहेको जानकारी गराइन् ।

खरिद ऐनको कारण विकास निर्माणको टेण्डर प्रक्रियामा समेत समस्या रहेको तथा टेण्डर प्रक्रियाबाट काम लिँदा विलोमा लिने र सडक समयमा पुरा गरेर सरकारलाई हस्तानतरण नगर्ने प्रचलन रहँदै आएको छ ।

‘नेपालका ठेकेदार कम्पनीको यस्तो समस्या रहेको छ । तर, विदेशी कम्पनीहरु प्रायःसबैले समयमा नै काम पुरा गरेका छन्। नेपाली कम्पनीले समयमा सडक तथा पुल निर्माणको काम गर्नु नसक्दा दुःख पाएका छन्। सडक निर्माणको टेण्डर १० वर्ष अगाडि लिएर अहिलेसम्म पनि काम पुरा नगरका सडकहरु धेरै रहेका छन् ।

मेरो मनसाय कसैलाई कालो सूचिमा राख्ने होइन । ठेक्का तोडेर काम गर्ने कम्पनीलाई दिन्छौ । तर, अहिले धेरै अलपत्र परेर बसेका पुल निर्माण तथा सडक निर्माणको काम अगाडि बढेको छ,’उनले भनिन् ।

उनले दार्चुलाको सडक निर्माण ठेकेदार कसैलाई नगन्ने अवस्था आएको थियो । त्यहा खुकुरी नै निकाल्ने अवस्था आएको थियो । अहिले समस्या समाधान सहित काम अगाडि बढेको छ। सडक बनाउने नेपाली सेनाको काम नभएको तर भौगोलिक विकटता तथा जोखिम भएकाले दिएको उनले बताइनन् ।

‘निर्माणाधिन १४ सय पुल बनाउँदा देशभित्र डिजाइन प्रक्रियामा पनि टेण्डर लिने प्रक्रियामा समेत ऐनमा समस्या रहेको छ । जुन कम्पनीले सडक निर्माणको टेण्डर पायो पुलको पनि उसैले डिजाइन पनि उसैले बनाउँछ। अहिले १२० पुल निर्माण भएर हस्तान्तरण नभई भत्किएको अवस्था छ,’उनले थपिन् ।

मन्त्री यावदले नेपालको निर्माण कम्पनी मजवुद नभएकाले विदेशी कम्पनीहरुलाई कामका. जिम्मा दिनु पर्ने अवस्था रहेको बताइन् ।
अहिले विभिन्न मन्त्रालयमा प्रविधिक तथा इन्जिनियरको अभाव भएकाले विकास निर्माणको काम पछि परेको बताइन् ।

मन्त्री यादवले मन्त्रालयमा १० जना इन्जिनियर चाँहिने स्थानमा १ जनाले काम गरिरहेको बताइन् । उनले २५ हजार भन्दा बढी नेपाली इन्जिनियर विदेशमा काम गरिएको तथा नेपालमा हजारौै इन्जिनियर बेरोजगार रहेका अवस्थामा मन्त्रालयलाई काम गर्न मुस्किल भएको बताइन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ००:००  ५ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping