![](https://internal.appharu.com/wp-content/uploads/2021/08/janardan_sharma--768x403.jpg)
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थतन्त्रका सूचकांकबाट आत्तिनुपर्ने अवस्था नभएको ब्रिफ गरेका छन् ।
बुधबार प्रधानमन्त्रीले बोलाएको बैठकमा अर्थमन्त्रीले कोभिडपछि अर्थतन्त्र पुनरुत्थानतर्फ गएको कारण दबाब देखिएपनि आत्तिनुपर्ने अवस्था नआएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री भएपछि पहिलो पटक मन्त्री र सचिवहरु विकास खर्च र सरकारको साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल गरेका हुन् । उनले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका हुन् ।
अर्थतन्त्रका सूचकहरु खराब भएपनि अर्थमन्त्री शर्माले भने प्रधानमन्त्रीसँग माघदेखि अवस्था सामान्य हुने भनेर ब्रिफ गरेका हुन् ।
प्रधानमन्त्री देउवाले विकास निर्माणमा देखिएको झन्झट हटाउनका लागि पहल गर्ने आवश्यक पर्ने कानून सुधार गर्ने प्रबिद्धता व्यक्त गरेका थिए ।
SHARE YOUR THOUGHTS