काठमाडौं । कर्पोरेट क्लव प्रालि द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स एण्ड दि एचआरएम नेपाल अवार्ड फर डिस्टिङगेस सर्भिस २०२१ समारोह सम्मपन्न गरेको छ ।
क्लवले विभिन्न विधामा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको छ । निजी क्षेत्रमा उत्कृष्ट काम गरेर मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनिय योगदान पुर्याउने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ ।
आयोजक कमिटिका अध्यक्ष मोहन ओझाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जारी राख्ने बताए । कार्यक्रमको तयारी ६ महिनादेखि शुरुवात भएको र निर्णायक मण्डलले यसमा ५ महिनादेखि काम गरेको बताए ।
निर्णायक मण्डलमा काठमाडौं विश्वविद्यालय व्यवस्थापन संस्कायका पूर्वडिन प्रोफेसर डा. सुवाश केसी रहेका थिए भने अन्य सदस्यमा सरकारका पूर्वसचिव पुण्यप्रसाद न्यौपाने, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. रिता श्रेष्ठ, ओशुतोष तिवारी, पूर्वबैंकर वर्षा श्रेष्ठ र मुकुल हुमागाई थिए ।
क्लवले किरण सुज, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, डिस मिडिया नेटवर्क, तिलगंगा आँखा अस्पताल, एसियन पेन्ट्स, बुटवल पावर कम्पनी, इसेवालाई सम्मान गरेको थियो । यस्तै अनुपमा खुन्जेली, हरिभक्त शर्मा, गणेशबहादुर श्रेष्ठ, टिच फर नेपाल, डा. भगवान कोइराला लगायतलाई सम्मान गरेको छ ।
SHARE YOUR THOUGHTS